हरप्रहर न्यूजले अनलाइन संचारमाध्यमको मान्यता पायो

 लिम्बुवान न्युज
                       

दमक। हरप्रहर मिडिया प्रालिले संचालन गरेको अनलाईन न्यूज पोर्टल हरप्रहरन्यूज डटकमले अनलाइन संचारमाध्यमको प्रमाणपत्र पाएको छ । यस मिडियाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रशारण विभागको अनलाइन पत्रिका संचालनको प्रमाणपत्र पाएको हो ।

दमक झापाका स्थापित संचारकर्मी कमन देवान राई यस मिडियाका सम्पादक रहेका छन् । मिडियाको संचालक भने झापाका स्थापित व्यवसायी शुसिल कुमार राई रहेका छन् ।

हरप्रहरन्यूज अन्लाइन पत्रिका इलामको माङसेबुङमा कार्यालय रहेर संचालनमा आउने यस मिडियाका प्रेस प्रतिनिधि सुसन राईले बताएका छन् । यसैगरी भूकुमारी लिम्बु (भूमिका) पनि यस मिडियाका प्रेस प्रतिनिधि रहेको सम्पादक देवानले बताए ।

विगत डेढबर्षदेखि डोमिन मार्फत अनलाईन न्यूज पोर्टल संचालनमा आएतापनि विविध कारणवस हालै मात्र प्रमाणपत्र पाएको संचालक राईले बताएका छन् । गत माघ २८ गते सूचना तथा प्रशारण विभागको अनलाइन दर्ता २४०५ मा दर्ता भएको न्यूजपोर्टललाई सोही दिन प्रेसकाउन्सिल नेपालमा समेत सूचीकृत गरिएको उनले जनाए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;