हरप्रहर न्यूजले अनलाइन संचारमाध्यमको मान्यता पायो

 लिम्बुवान न्युज
                       

दमक। हरप्रहर मिडिया प्रालिले संचालन गरेको अनलाईन न्यूज पोर्टल हरप्रहरन्यूज डटकमले अनलाइन संचारमाध्यमको प्रमाणपत्र पाएको छ । यस मिडियाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रशारण विभागको अनलाइन पत्रिका संचालनको प्रमाणपत्र पाएको हो ।

दमक झापाका स्थापित संचारकर्मी कमन देवान राई यस मिडियाका सम्पादक रहेका छन् । मिडियाको संचालक भने झापाका स्थापित व्यवसायी शुसिल कुमार राई रहेका छन् ।

हरप्रहरन्यूज अन्लाइन पत्रिका इलामको माङसेबुङमा कार्यालय रहेर संचालनमा आउने यस मिडियाका प्रेस प्रतिनिधि सुसन राईले बताएका छन् । यसैगरी भूकुमारी लिम्बु (भूमिका) पनि यस मिडियाका प्रेस प्रतिनिधि रहेको सम्पादक देवानले बताए ।

विगत डेढबर्षदेखि डोमिन मार्फत अनलाईन न्यूज पोर्टल संचालनमा आएतापनि विविध कारणवस हालै मात्र प्रमाणपत्र पाएको संचालक राईले बताएका छन् । गत माघ २८ गते सूचना तथा प्रशारण विभागको अनलाइन दर्ता २४०५ मा दर्ता भएको न्यूजपोर्टललाई सोही दिन प्रेसकाउन्सिल नेपालमा समेत सूचीकृत गरिएको उनले जनाए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...