सागरको निर्देशनमा ‘आमाको माया’ छायाँकन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायाँकन सम्पन्न भएको छ । पान्थरको साधुटार, लब्रेकुटी, पौवा, राँके र इलामको आमचोक लगायत विभिन्न रमणिय स्थानमा छायाँकन गरिएको हो ।

उक्त गीतमा पिआर्यन लिम्बू, सुस्मिता आङ्खेवा लिम्बू, सरु लुङ्फुङ्वा, आयाम थेगिम लगायतले अभिनय गरेका छन् । राकेश ओलिको संगीत, कृष्णभक्त राईको स्वर, नरेश राईको छायाँकन, सन्दीप योङ्हाङको ब्यवस्थापन त्यसैगरी बिष्णु लिम्बू र चन्द्रबहादुर लिम्बूको निर्माण रहेको छ ।

पूर्वकै व्यस्त सागर केरुङ्द्वारा निर्देशन गरिएको उक्त गतिलाई सञ्जय आचार्यले सम्पादन गरेका छन् भने उक्त गीत केहिदिनमै मेरिकल अनलाइन टिभीबाट सार्वजनिक हुने ब्यवस्थापक योङहाङले बताए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...