फूटबल महिला लिगको उपाधी एपीएफलाई, सर्वोत्कृष्ट खेलाडी एपीएफकी सरु लिम्बु

 लिम्बुवान न्युज
                       

काठमाडौं । एपीएफले महिला फूटलब लिगको उपाधी उचालेको छ । एपीएफकी सरु लिम्बु महिला लिगको सर्वाेत्कृष्ट खेलाडी बनेकी छिन् । उनले एपीएफलाई महिला लिग च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेँसगै स्कुटर हात पारेकि छन्् ।

एपीएफले शुक्रबार लिगको अन्तिम खेलमा आर्मीलाई ३–० ले पराजित गर्दै शतप्रतिशत नतिजासहित लिग उपाधि जितेको हो ।

यस्तै व्यक्तिगततर्फ नेपाल पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर र अमृता जैसी उत्कृष्ट डिफेण्डर, आर्मीकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर तथा एपीएफकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड घोषित भए । एपीएफकै भगवती थापा उत्कृष्ट प्रशिक्षक घोषित भइन् ।

लिग विजेता एपीएफले १५ लाख रुपैयाँ हात परेको छ भने उपविजेता त्रिभुवन आर्मी क्लबले ८ लाख रुपैयाँमा चित्त बुझाएको छ । त्यसैगरी नेपाल पुलिस क्लबले तेस्रो हुँदै ५ लाख रुपैयाँ हात परेको छ । चौथो हुने वालिङ नगरपालिकाले ३ लाख रुपैयाँ हात पारेको छ ।

फेयर प्ले अवार्ड जित्न सफल चन्द्रपुर नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुले बेस्ट प्लेअर लिम्बुले स्कुटर र अन्य सबैले जनही ५० हजार हात परेका छन् ।

 

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...