माङसेबुङ् गाउँपालिकाको आठौं सभा सम्पन्न

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको किरात धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङ् गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । ४५ करोड ५३ लाख ३० हजार ६ सय ५२ रुपैयाँको संसोधित नीति, कार्यक्रम तथा बजेट पारित गर्दै पालिकाको सभा सम्पन्न भएको हो ।

गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बाले प्रस्तुत गरेको अनुमानित ४५ करोड ५३ लाख ३० हजार ६ सय ५२ रुपैयाँको संसोधित नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । सातौं गाउँसभाबाट पारित ३३ करोड ११ लाख रुपैयाँको नीति, कार्यक्रम तथा बजेटलाई आठौं सभाले १२ करोड ४२ लाख ३० हजार ६ सय ५२ रुपैयाँ रकम थप गरि संसोधन पारित गरेको हो ।

सभाले आयतर्फ विभिन्न शिर्षकहरुबाट आउने रकमहरु संघीय समानीकरण अनुदान ८ करोड ७८ लाख, संघीय राजस्व बाँडफाँड ६ करोड ७२ लाख ९३ हजार ३०, प्रदेश समानीकरण अनुदान ६९ लाख ९१ हजार, प्रदेश सवारी कर बाँडफाँड ४९ लाख ४ हजार, प्रदेश समपूरक अनुदान १ करोड, आन्तरिक आय ६२ लाख, मौज्दात १० लाख ११ हजार ९ सय ७०, संघीय सशर्त अनुदान १४ करोड ६९ लाख रुपैयाँ उल्लेख गरेको छ ।

यसैगरी अन्य शिर्षकहरु संघीय सशर्त अनुदान थप १ करोड १४ लाख ४८ हजार, प्रदेश सशर्त अनुदान ६ लाख ३० हजार, बाँकी बैंक मौज्दात ५ करोड ९१ लाख २८ हजार ६ सय ५२ रुपैंयाँ उल्लेख गरेको छ । गरीबसँग विशेश्वर कार्यक्रम ५ लाख ४६ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कार्यान्वयन हुने कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना ५२ लाख २२ हजार, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संघीय सांसद) ५७ लाख ५४ हजार, गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम १७ लाख ८१ हजार, सामाजिक सुरक्षा कार्यक्रम ३ करोड ९४ लाख २५ हजार र पोषण विशेष कार्यक्रम (स्वास्थ्य क्षेत्र) संचालन ३ लाख ३६ हजार रुपैयाँ आय हुने अनुमान गरेको छ ।

त्यस्तै व्ययतर्फ माङसेबुङ् गाउँपालिका वडा नम्बर १ मा ८३ लाख ५१ हजार, २ मा ७१ लाख ५१ हजार, ३ मा ८६ लाख ५१ हजार, ४ मा ७८ लाख ५१ हजार, ५ मा ९३ लाख ५१ हजार, ६ मा ८४ लाख ८४ हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै सामाजिक क्षेत्रमा ७१ लाख ५० हजार, सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा ५ लाख, आर्थिक क्षेत्रमा ९४ लाख ४४ हजार, पूर्वाधार क्षेत्रमा ३ करोड ९२ लाख ६० हजार, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ६ लाख १६ हजार ६ सय ५२ रुपैयाँ विनियोजन गरेको छ ।

संघीय सरकारबाट हस्तान्तिरित कार्यक्रममा १५ करोड ८३ लाख ४८ हजार, प्रदेश समपूरक अनुदान १ करोड, प्रदेश सशर्त अनुदान ६ लाख ३० हजार, पशुसेवा शाखा २० लाख, उर्जा विकास कार्यक्रममा ४२ लाख ५० हजार, स्वास्थ्य शाखामा ४८ लाख ५२ हजार, शिक्षा, युवा तथा खेलकुद शाखामा १ करोड ३४ लाख १७ हजार, कृषि विकास शाखामा २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गरीबसँग विशेश्वर कार्यक्रममा ५ लाख ४६ हजार, प्रधानमन्त्री रोजगार कार्यकेरम अन्तरगत कार्यान्वयन हुने कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना ५२ लाख २२ हजार, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संघीय सांसद) ५७ लाख ५४ हजार, गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम १७ लाख ८१ हजार, सामाजिक सुरक्षा कार्यक्रम ३ करोड ९४ लाख २५ हजार र पोषण विशेष कार्यक्रम (स्वास्थ्य क्षेत्र) संचालन ३ लाख ३६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै ५ सदस्यीय लेखा समिति गठन गरेको छ । माङसेबुङ गाउँपालिका आर्थिक विकास समितिका संयोजक मैतराज राईको संयोजकत्वमा लेखा समिति गठन गरेको हो । समितिका सदस्यहरुमा सन्तबहादुर वि.क., इन्द्रबहादुर लिम्बू, राममाया लिम्बू र तिलरुपा सबेहाङ् रहेका छन् ।

गाउँसभा माङसेबुङ गाउँपालिकाको सभाहलमा अध्यक्ष डिकेन्द्र इदिङ्गोको अध्यक्षतामा सम्पन्न भएको छ ।

(फोटोः नयाँ बुलन्द)

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...