माङसेबुङ् गाउँपालिकाको आठौं सभा सम्पन्न

 लिम्बुवान न्युज
                       

माङसेबुङ। इलामको किरात धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङ् गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । ४५ करोड ५३ लाख ३० हजार ६ सय ५२ रुपैयाँको संसोधित नीति, कार्यक्रम तथा बजेट पारित गर्दै पालिकाको सभा सम्पन्न भएको हो ।

गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बाले प्रस्तुत गरेको अनुमानित ४५ करोड ५३ लाख ३० हजार ६ सय ५२ रुपैयाँको संसोधित नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । सातौं गाउँसभाबाट पारित ३३ करोड ११ लाख रुपैयाँको नीति, कार्यक्रम तथा बजेटलाई आठौं सभाले १२ करोड ४२ लाख ३० हजार ६ सय ५२ रुपैयाँ रकम थप गरि संसोधन पारित गरेको हो ।

सभाले आयतर्फ विभिन्न शिर्षकहरुबाट आउने रकमहरु संघीय समानीकरण अनुदान ८ करोड ७८ लाख, संघीय राजस्व बाँडफाँड ६ करोड ७२ लाख ९३ हजार ३०, प्रदेश समानीकरण अनुदान ६९ लाख ९१ हजार, प्रदेश सवारी कर बाँडफाँड ४९ लाख ४ हजार, प्रदेश समपूरक अनुदान १ करोड, आन्तरिक आय ६२ लाख, मौज्दात १० लाख ११ हजार ९ सय ७०, संघीय सशर्त अनुदान १४ करोड ६९ लाख रुपैयाँ उल्लेख गरेको छ ।

यसैगरी अन्य शिर्षकहरु संघीय सशर्त अनुदान थप १ करोड १४ लाख ४८ हजार, प्रदेश सशर्त अनुदान ६ लाख ३० हजार, बाँकी बैंक मौज्दात ५ करोड ९१ लाख २८ हजार ६ सय ५२ रुपैंयाँ उल्लेख गरेको छ । गरीबसँग विशेश्वर कार्यक्रम ५ लाख ४६ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कार्यान्वयन हुने कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना ५२ लाख २२ हजार, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संघीय सांसद) ५७ लाख ५४ हजार, गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम १७ लाख ८१ हजार, सामाजिक सुरक्षा कार्यक्रम ३ करोड ९४ लाख २५ हजार र पोषण विशेष कार्यक्रम (स्वास्थ्य क्षेत्र) संचालन ३ लाख ३६ हजार रुपैयाँ आय हुने अनुमान गरेको छ ।

त्यस्तै व्ययतर्फ माङसेबुङ् गाउँपालिका वडा नम्बर १ मा ८३ लाख ५१ हजार, २ मा ७१ लाख ५१ हजार, ३ मा ८६ लाख ५१ हजार, ४ मा ७८ लाख ५१ हजार, ५ मा ९३ लाख ५१ हजार, ६ मा ८४ लाख ८४ हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै सामाजिक क्षेत्रमा ७१ लाख ५० हजार, सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा ५ लाख, आर्थिक क्षेत्रमा ९४ लाख ४४ हजार, पूर्वाधार क्षेत्रमा ३ करोड ९२ लाख ६० हजार, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ६ लाख १६ हजार ६ सय ५२ रुपैयाँ विनियोजन गरेको छ ।

संघीय सरकारबाट हस्तान्तिरित कार्यक्रममा १५ करोड ८३ लाख ४८ हजार, प्रदेश समपूरक अनुदान १ करोड, प्रदेश सशर्त अनुदान ६ लाख ३० हजार, पशुसेवा शाखा २० लाख, उर्जा विकास कार्यक्रममा ४२ लाख ५० हजार, स्वास्थ्य शाखामा ४८ लाख ५२ हजार, शिक्षा, युवा तथा खेलकुद शाखामा १ करोड ३४ लाख १७ हजार, कृषि विकास शाखामा २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गरीबसँग विशेश्वर कार्यक्रममा ५ लाख ४६ हजार, प्रधानमन्त्री रोजगार कार्यकेरम अन्तरगत कार्यान्वयन हुने कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना ५२ लाख २२ हजार, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संघीय सांसद) ५७ लाख ५४ हजार, गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम १७ लाख ८१ हजार, सामाजिक सुरक्षा कार्यक्रम ३ करोड ९४ लाख २५ हजार र पोषण विशेष कार्यक्रम (स्वास्थ्य क्षेत्र) संचालन ३ लाख ३६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै ५ सदस्यीय लेखा समिति गठन गरेको छ । माङसेबुङ गाउँपालिका आर्थिक विकास समितिका संयोजक मैतराज राईको संयोजकत्वमा लेखा समिति गठन गरेको हो । समितिका सदस्यहरुमा सन्तबहादुर वि.क., इन्द्रबहादुर लिम्बू, राममाया लिम्बू र तिलरुपा सबेहाङ् रहेका छन् ।

गाउँसभा माङसेबुङ गाउँपालिकाको सभाहलमा अध्यक्ष डिकेन्द्र इदिङ्गोको अध्यक्षतामा सम्पन्न भएको छ ।

(फोटोः नयाँ बुलन्द)

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;