मुटु रोगी कालेन्द्र लावतीद्वारा सहयोगको अपिल

 लिम्बुवान न्युज
                       

दमक। पाँचथर मिक्लाजुङका कालेन्द्र लावतीले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । शल्याक्रिया गर्न लाखौं रुपैयाँ लाग्ने बताइएपछि घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको हुँदा तत्काल उपचार गर्न सहयोगको अपिल गरिएको हो ।

एक हप्ता अघि अस्वस्थ्य भई चेकजाँच गर्ने क्रममा मुटुमा रुयुमेटिक हर्ट डिजिज भई तत्काल सल्याक्रिया गर्न डाक्टरले सल्लाह दिएपछि पैसा अभावका कारण सहयोगको अपिल गरिएको विरामीका दिदी विमला लावतीले बताइन् ।

१७ बर्ष अघि मुटुमा समस्या देखिएपनि उपचार भई निको भई सामान्य जीवन विताइरहेका लावतीको अचानक स्वास्थ्य खराब भएपछि धरान विपि कोइराला अस्पतालमा चेकजाँच गरेपछि थाहा भएको दिदी विमलाले बताइन् । शल्याक्रिया गर्न काठमाडौंको शहिद गंगालाल राष्ट्रिय अस्पतालको मुटु रोग उपचार केन्द्रमा उपचारको लागि लान डाक्टरले सल्लाह दिएको सामाजिक अभियन्ता गगन लावतीले बताए ।

विरामी लावतीले जीवनमरणको दोसाँधमा रहेको हुँदा सम्पूर्णमा सहयोगको याचना गरिएको छ । त्यसैगरी पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ ले पनि सहयोग गर्न अपिल गरेको जनाएको छ । सहयोगी मनले विरामीको मोवाइल नम्बर ९८२३४११५४८ र दिदीको मोवाइल नम्बर ९८१५९८७०८४ मा सिधा सम्पर्क गरि सहयोग गर्न सकिनेछ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...