चुम्लुङको कनकाई अध्यक्षमा प्रेमकुमार फोम्बो

 लिम्बुवान न्युज
                       

झापा। किरात लिम्बु जातिहरु साझा संस्था किरात याक्थुङ् चुम्लुङ् कनकाई नगर अध्यक्षमा प्रेम कुमार फोम्बो निर्वाचित भएका छन् । शनिबार कनकाई दुर्गापुरको सामुदायिक भवनको सभाहलमा सम्पन्न तेस्रो अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो ।

चुम्लुङका राष्ट्रिय सदस्य अमृत योङहाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले सन्तोष आङभाङको सांगठानिक प्रतिवेदन र गीता चेम्जोङले पेश गरेका आर्थिक प्रतिवेदन पारित गरेसँगै पुरानो समिति भङ्ग गरेको थियो ।

अधिवेशनको लागि फोम्बोको अध्यक्षतामा १५ सदस्यीय आगामी ३ बर्षको लागि नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मंगल सिङ तेङबुङ, सचिवमा गोविन्द साँवा, सह सचिवमा सन्तोष आङभाङ, कोषाध्यक्षमा गीता चेम्जोङ, सदस्यहरुमा निर्मल आङथुपो, बसन्त मेयाङवो, गंगा आङवोहाङ, अमर मेयाङवो, अस्मिता सेनेहाङ, युनिसा साउदेन, तारा सेम्बु, हेमराज लिङदेन, रञ्जु लिम्बू र किसोर साम्भु निर्विरोध निर्वाचित भएका थिए ।

उक्त अधिवेशनलाई गोविन्द साँवा, निर्मल आङथुपो, छत्र कुरुम्बाङ, धनपाल कन्दङवा र भक्त मेन्याङबो लगायतका बुद्धिजिवीहरुले शुभकामना मन्तव्य दिएका थिए । अधिवेशनको अध्यक्षता रुद्र बहादुर तबेबुङले गर्नु भएको थियो भने स्वागत मन्तव्य हस्त वनेमले गरेका थिए । कियाचु कनकाई समितिका सचिव सन्तोष आङभाङले कार्यक्रम संचालन गरेका थिए ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...