थारुहरुले १० लाख हस्ताक्षर सहित राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँने

 लिम्बुवान न्युज
                       

काठमाडौं। थरुहट थारुवान संयुक्त मोर्चाले १० लाख हस्ताक्षर संकलन गरेर राष्ट्रपतिलाई ज्ञापन पत्रसहित बुझाउने बताएको छ । गत शनिबार कैलालीको हसुलियामा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनको वृहत सभाको दोस्रो दिनको बन्दसत्रले यस्तो निर्णय गरेको हो ।

उक्त सम्मेलनको बन्दसत्रले विभिन्न विषयमा महत्वपूर्ण निर्णय गर्दै पहिचानवादी घटहरुसँग सहकार्य गर्दै राज्यले गरेको विभेदको विरुद्ध र थारु बन्दीहरुको रिहाईको लागि आन्दोलन घोषणा गर्ने जनाएको छ । चैत्र २० देखि ३१ सम्म तराईको सबै जिल्लाहरुमा अन्तरक्रिया गर्ने मोर्चाले जनाएको छ ।

थरुहट थारुवान एकता, मोर्चाबन्दी, साझा मुद्दा र साझा संघर्षको लागि शान्तिपूर्ण विद्रोह गर्ने मोर्चाले बन्दशत्रमा निष्कर्ष गरेको छ । सम्मेलनको मुख्य नारा “समानता, न्याय, अधिकारका लागि एवं दासता विरुद्ध थरुहट थारुवान राष्ट्रिय सम्मेलन” रहेको थियो । सम्मेलनमा विभिन्न पहिचानजन्य घटकहरुले प्रतिबद्धता जनाएको मोर्चाको का.वा. संयोजक श्रवण थारुहरुले बताए ।

सम्मेलनले निकालेको प्रेसविज्ञप्ति जस्ताको तस्तैः

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...