प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्यहरुको तीन पन्नामा हस्ताक्षर संकलन

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय बैठकमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले केन्द्रीय सदस्यहरुलाई तीन ठाउँ फरक पन्नामा हस्ताक्षर संकलन गरिएको हो ।

अघिका हस्ताक्षरहरु अव्यवस्थित भएको हुँदा हस्ताक्षर संकलन व्यवस्थित र ओरिजिनल होस् भनेर सबै केन्द्रीय सदस्यहरुलाई तीन पनामा हस्ताक्षर गराईएको जनाइएको छ । साथमा सबै केन्द्रीय सदस्यहरुको नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र समेत संकलन गरिएको छ ।

यो हस्ताक्षर संकलन निर्वाचन आयोगमा पार्टी वैधानिकता दाबी गर्ने प्रयोजनका लागि गरिएको बताइएको छ । यस बैठकले आयोगमा वैधानिकताको दबाब, संसद र सरकार निर्माणमा निर्णय लिन भने सचिवालय र स्थायी कमिटीलाई जिम्मेवारी दिइएको छ ।

केन्द्रीय कमिटी बैठक शुरु हुनु पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो । स्थायी कमिटी बैठकले सुवास नेम्वाङ, महेश बस्नेत, विशाल भट्टराई लगायत सात जनालाई कारवाही गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...