झापाको कनकाईमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, चारको अवस्था चिन्ताजक

 लिम्बुवान न्युज
                       

दमक। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका सुरुंगा सडक खण्डमा तीन सवारी साधन ठोकिएर सडक दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आएकाे को१ख १६८४ नम्बरको ग्यास बोकेको ट्रक एकआपसमा ठाेकिन्दा दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार सुनसरी धरान १६ का २८ बर्षीय चालक दिपक क्षेत्र र सोलु पासाङ १ का ३० बर्षीय दिलिप राना मगरको उपचारको क्रममा वि एण्ड सि अस्पतालमा मृत्यु भएको छ । घाइते ४ जना जनाको अवस्था चिन्ताजनक रहेको अस्पताल श्रोतले बताएको छ् । ग्यासको ट्रकले ओभरट्याक गरेको प्रहरीको भनाई छ । प्रहरीको अनुसार ट्रक चालक फरार भएका छन् ।

 

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...