जसपा झापा समायोजन सकिएको कार्यदलको भनाइ

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। जनता समाजवादी पार्टी (जसपा)नेपालको झापा जिल्ला पार्टी समायोजन कार्य पूरा भएको जनाएको छ । जसपा नेपाल झापा जिल्ला पार्टी समायोजन गर्न केन्द्रीय कार्यकारिणी समितिले गठन गरेको कार्यदलले बुधबार दमकमा पत्रकार सम्मेलन गरेर पार्टी समायोजनको निर्णय सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा कार्यदलको तर्फबाट बोल्दै पार्टीका प्रदेश १ अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रवीण चाम्लिङले समावेशी नेतृत्वलाई स्थापित गर्ने पार्टीको नीति अनुसार अप्पसंख्यक क्लस्टर राजवंशी समुदायबाट अनुतसिंह राजवंशीको नेतृत्वमा २२५ सदस्यीय जसपा झापा जिल्ला समायोजन समिति गठन भएको जानकारी दिए ।

कार्यदलबाट जारी विज्ञप्तिमा प्रदेश १ को १४ जिल्लाभरीमा झापामा समेत राजपा पक्षलाई नेतृत्व नदिदा पार्टी एकता र समायोजन प्रकृयाको मर्म र भावनामा ठेस पुग्ने साथै चुनावी मत परिणामको हकमा पूर्व समाजवादी पार्टी र पूर्व राजपाबीज झापा जिल्लामा मतअन्तर कम भएकोले राजपा पक्षको मागलाई सम्बोधन गरिएको उल्लेख छ ।

कार्यदलले पुर्व दुई अध्यक्ष मध्येको दिपेनवाला राईलाई जिल्ला समन्वय समितिको सह–अध्यक्ष वा प्रदेश १ समितिको सदस्यमा पदका लागि जिम्मेवारी दिने निर्णय भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

कार्यदलमा प्रदेश १ अध्यक्ष एवं केन्द्रीय सदस्य चाम्लिङ, केन्द्रीय सदस्यहरु सुर्यनारायण गणेश, शंकर राजवंशी, मानबहादुर राई, प्रमदिप थाम्सुहाङ, रामचन्द्र लिम्बु, विश्वनाथसिंह राजवंशी, पृथ्वी नारायण कार्की, मोहितलाल कामती पूर्व राजपा झापा जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी र सचिव देबेन्द्रकिशोर ढुङ्गाना रहेका छन् ।

जसपाको लेटरप्याड प्रयोग भएकोमा ध्यानाकर्षण

यसैबीच जनता समाजवादी पार्टी झापा जिल्लाको लेटरप्याड प्रयोग गरी साविक समाजवादी पार्टीका पधाधिकारीहरु भनी मंगलबार सार्वजनिक भएको विज्ञप्तिको सम्बन्धमा पूर्व समाजवादी र पूर्व राजपा झापा जिल्ला समितिका पधाधिकारीहरुले आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

सोही पत्रकार सम्मेलनमा पदाधिकारीहरुको तर्फबाट पनि विज्ञप्ति सार्वजनिक भएको थियो । जारी विज्ञप्तिमा पार्टी समायोजन भएको कुरा झुटा हो भनी गरिएका प्रचार प्रसारमा कुनै सत्यता नभएको उल्लेख छ ।

पूर्व दुवै पार्टीको जिल्ला समितिका पदाधिकारी र सदस्यहरुलाई कार्यदलले समायोजन प्रक्रिया मार्फत राजनीतिक भविष्य सुनिश्चित गरेको भन्दै यस कार्यले झापा जिल्लामा पार्टी थप एक ढिक्का र बलियो बनेको समेत उनीहरुले विज्ञप्ति मार्फत जनाएका छन् ।

विज्ञप्तिमा पूर्व राजपा तर्फबाट अध्यक्ष अनुतसिंह राजवंशी सहित पदाधिकारीहरु मेरी राजवंशी, देवेन्द्रकिशोर ढुङ्गाना, खड्गनारायण राजवंशी, पुष्पितादेवी साह, कृष्णप्रसाद थपलियाले हस्ताक्षर गरेका छन् भने पूर्व समाजवादीतर्फबाट उपाध्यक्ष सङ्गीता रौनियार सहित कान्छा हुमाँगाई (गोकुल), बुद्ध बराइली र गणेश दाहालले हस्ताक्षर गरेका छन् ।

 

पूर्व समाजवादी पार्टीका जिल्ला अध्यक्ष सहित नेताहरु असन्तुष्ट

पार्टी समायोजन कार्यादलले एकलौटी मनोमानी ढंगबाट समाजोजन गरेको भन्दै पूर्व समाजवादी पार्टीका झापा जिल्ला अध्यक्ष दिपेन वाला राई लगायत पूर्व समाजवादी जिल्ला समितिका पदाधिकारीहरुले असन्तुष्ट व्यक्त गरेका छन् ।

उनीहरुले मंगलबार एक विज्ञप्ति निकाल्दै जिल्ला समायोजन सहजीकरण कार्यदलले पूर्व समाजवादी पार्टीका जिल्ला समितिसँग कुनै छलफल नै गरी असहमतिका बाबजुद पार्टी समायोजनले देशभरी कार्यकर्ताहरु उत्साहित बनिरहेको समयमा प्रतिगमनलाई सहयोग पुग्ने गरी पार्टी समायोजन भएकोमा खेद व्यक्त गरेका छन् ।

उक्त विज्ञप्तिमा जिल्ला अध्यक्ष राई, उपाध्यक्षहरु विर बहादुर श्रेष्ठ, शिवन सोराली मगर, सचिव पुष्प प्रसाद पौडेल, सह–सचिव अर्जुन कुमार राई र कोषाध्यक्ष राजु खड्काले हस्ताक्षर गरेका थिए ।

असन्तुष्ट पक्षकाे विज्ञप्ति

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...