लिम्वुवानका सम्भावित विश्व सम्पदाबारे अन्तरक्रिया, विजयपुर दरवारको स्थलगत अध्ययन

 लिम्बुवान न्युज
                       

धरान। सुनसरीको धरानमा लिम्बुवानका सम्भावित विश्व सम्पदाहरुको स्थलगत अध्ययन बारे दुई दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज धरानको गोर्खा किचनको सेमिनार हलमा तङसिङ मिडिया एण्ड रिसर्च प्रालि धरान र लिम्वुवानी सम्पदा सरोकार समूह (युके) को प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सहजकर्ता सञ्चारविद एवम् सम्पदा संरक्षण राष्ट्रिय अभियानका अभियन्ता विधु कायस्थले गरेका थिए । कार्यक्रमलाई सहजीकरण गर्दै कायस्थाले भने –प्राकृतिक सम्पदाहरू विश्व सम्पदामा समाबेस गरी मानव सभ्यतासंग जोडन मुर्त र अमुर्त गरि दुई प्रकारको सम्पदाहरूसँग जोडिएको हुन्छ । विश्वका ११२१ वटा विश्व सम्पदाहरू मध्ये नेपालमा १० वटा मात्र विश्व सम्पदामा सुचिकृत भएको छ– कायस्थले बताए । उनले थप १५ वटा सम्पदाहरूलाई विश्व सम्पदामा सुचिकृत नगरेको हुनाले त्यसलाई सुचिकृत गराउनको लागि पनि यो अभियान आवश्यक रहेको बताए ।

लिम्वुवानमा पनि निकै विश्व सम्पदाहरू छन तर कुनै पनि सम्पदाहरू विश्व सम्पदामा सुचिकृत नभएको बताए । लिम्वुवानमा रहेको प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदाहरूको खोज अनुसन्धान गरेर विश्व सम्पदामा सुचिकृत गराउने अठोटका साथ यो कार्यक्रम गरिएको हो– कायस्थले भने । लिम्वुवानमा रहेको ऐतिहासिक सम्पदाहरू विजयपुर, मुकुम्लुङ, मेन्छायम, सुमाःत्लुङ जस्ता धेरै सम्पदाहरू रहेको छन् । यसलाई विश्व सम्पदामा सुचिकृत गराउन सकेमा पहिचान र अस्तित्व सहितको संघीयता स्थापित गर्न सहयोग मिल्ने बताए ।

देशमा संघीयता त आयो तर पहिचान र अस्तित्व विहिन संघीयता आएको छ भनि प्रष्टाएका थिए । विजयपुर दरवारक्षेत्रमा गई त्यहाँका सभ्यता, पहिचान र भग्नासेषहरूको स्थलगत अध्ययन पनि गरिएको छ ।

कार्यक्रममा बरिष्ठ पत्रकार हर्ष सुब्बा, भवानी बराल, भैरव आङला, अम्विका सम्वाहाम्फे, चुम्लुङका पधाधिकारीहरू र धरानमा रहेको विभिन्न राजनितिक दलहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभाध्यक्ष योवाहाङ तुम्वाहाम्फेले गरेका थिए भने संचालन सन्तोस कुरूम्बाङले गरेका थिए ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;