फाकफोकथुम अध्यक्ष कप फूटबल हुने

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। इलामको फाकफोकथुम ४ फुएतप्पाको लिम्बु गाउँमा चैत २० गते देखि अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । फाकफोकथुम गाउँपालिकाको सहयोगमा फुङ्वा युवा क्लबले आयोजना गर्ने कार्यक्रमको फाइनल नयाँ बर्ष २०७८ बैशाख १ गते सम्पन्न गर्ने जनाइएको छ ।

अध्यक्ष कप फूटबलको विजेतालाई १ लाख र उपविजेताले ५० हजार सहित ट्रफि र प्रमाणपत्र पुरस्कार जित्ने छ । उक्त प्रतियोगितातामा गाउँपालिकाको १६ वटा टिम सहभागी हुने आयोजक जनाएको छ ।

प्रतियोगितामा आधिकारिक रुपमा जिल्ला प्रशासन कार्यालय वा अन्य निकायमा दर्ता भएको क्लबहरुले मात्र भाग लिन पाउने छन् भने खेल ७ साइडको हुने छ ।

फाइनल खेलको दिन बैशाख १ बृहत सांस्कृतिक कार्यक्रम तथा प्रदर्शनी समेत हुने भएको छ । फुङ्वा युवा क्लब स्थापना काल देखी नै फुएतप्पा महोत्सव, सांस्कृतिक कार्यक्रम, जनचेतनामुलक विविध कार्यक्रम एवं जनसहभागितासँगै विकास निर्माण कार्य गर्दै आइरहेको अध्यक्ष फुर्सद योङहाङ बताए ।

हरेक बर्ष फाकफोकथुमका विभिन्न वडाहरुमा अध्यक्ष कप हँुदै आएको छ । फुएतप्पाको लिम्बु गाउँमा हुने अध्यक्ष कप प्रतियोगिता एवं बैशाख १ गते बृहत सांस्कृतिक कार्यक्रम सहित हुने फाइनल खेलमा स्थानीयहरु मौलिक पहिचान एवं मौलिक संस्कार समेत अवलोकन गर्न सकिने भएकोले नयाँ बर्षमा धेरै दर्शक आउने त्यस क्षेत्रका सामाजिक अभियन्ता दिपक योङहाङले बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;