महासंघ इलाम अध्यक्षमा दुई र सचिवमा एकको उम्मेद्वारी घोषणा

 लिम्बुवान न्युज
                       

इलाम । नेपाल पत्रकार महासंघको आसन्न निर्बाचनको लागि इलाममा अध्यक्ष पदका लागि दुई जना र सचिव पदका लागि एक जनाले उम्मेद्वारी घोषणा गरेका छन् ।

नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालको संयुक्त प्यानलबाट युनियनका अध्यक्ष बिप्लब भटराईले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । भट्टराईले करिब डेढ महिना अघि नै संगठनको तर्फबाट उम्मेद्वारी घोषणा गरेर चुनावी अभियानमा जुटेका थिए ।

अघिल्लो शनिबार अर्को संगठन प्रेस मञ्च नेपालसँग कार्यगत एकता गरि दुवै संगठनको तर्फबाट अध्यक्षको संयुक्त उम्मेद्वारी भएका हुन् । भट्टराई कान्तिपुर मिडिया ग्रुपमा आवद्ध छन् । उनी प्रेस युनियन इलामका अध्यक्ष हुन् । तर भट्टराईले पत्रकार महासंघको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेपछि तत्कालिन उपाध्यक्ष सविता पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइसकेका छन् र

त्यसैगरी महासंघको अध्यक्ष पदमा प्रेस संगठन नेपाल (प्रचण्ड–माधव) बाट सुजन तिम्सिनाको उम्मेद्वारी घोषणा गरेका छन् । प्रेस संगठन इलामको विहीबार इलाममा भएको भेलाले आगामी निर्वाचनमा अध्यक्ष पदको लागि तिम्सिनालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

तिम्सिना नेपाल टेलिभिजनका इलाम संवाददता हुन् । पार्टी विभाजन अघि प्रेस संगठन इलामका संयोजक रहेका तिम्सिना हाल पार्टी विभाजनसँगै संगठन पनि विभाजन भएपछि प्रदेश १ सचिवको जिम्मेवारी पाएका छन् ।

पत्रकार महासंघको सचिव पदमा भने हालसम्म एक जनाको मात्र उम्मेद्वारी घोषणा भएको छ । नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालको संयुक्त प्यानलबाट मञ्चका केन्द्रीय सदस्य राम योङहाङले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् । योङहाङले पनि दुई साता अघि नै संगठनको तर्फबाट सचिवमा उम्मेद्वारी घोषणा गरेर चुनावी अभियानमा जुटेका थिए । उनी अघिल्लो शनिबार अर्को संगठन नेपाल प्रेस युनियनसँग कार्यगत एकता गरि दुवै संगठनको तर्फबाट सचिवको संयुक्त उम्मेद्वारी भएका हुन् ।

योङहाङ इलामबाट संचालित नयाँ बुलन्द डटकमका सम्पादक र काठमाडौंबाट प्रकाशित सौर्य राष्ट्रिय दैनिकका इलाम संवाददता हुन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष समेत हुन् ।

प्रधानमन्त्री केपी ओली निकटका प्रेस संगठनले भने हालसम्म कुनै पदमा उम्मेद्वारी घोषणा गर्न सकेको छैन ।

इलाममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विभाजित प्रेस संगठन नेपालका दुई समूह, नेपाली कांग्रेस निकट प्रेस युनियन र जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपाल क्रियाशील छन् ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...