महासंघ इलाम अध्यक्षमा दुई र सचिवमा एकको उम्मेद्वारी घोषणा

 लिम्बुवान न्युज
                       

इलाम । नेपाल पत्रकार महासंघको आसन्न निर्बाचनको लागि इलाममा अध्यक्ष पदका लागि दुई जना र सचिव पदका लागि एक जनाले उम्मेद्वारी घोषणा गरेका छन् ।

नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालको संयुक्त प्यानलबाट युनियनका अध्यक्ष बिप्लब भटराईले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । भट्टराईले करिब डेढ महिना अघि नै संगठनको तर्फबाट उम्मेद्वारी घोषणा गरेर चुनावी अभियानमा जुटेका थिए ।

अघिल्लो शनिबार अर्को संगठन प्रेस मञ्च नेपालसँग कार्यगत एकता गरि दुवै संगठनको तर्फबाट अध्यक्षको संयुक्त उम्मेद्वारी भएका हुन् । भट्टराई कान्तिपुर मिडिया ग्रुपमा आवद्ध छन् । उनी प्रेस युनियन इलामका अध्यक्ष हुन् । तर भट्टराईले पत्रकार महासंघको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेपछि तत्कालिन उपाध्यक्ष सविता पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइसकेका छन् र

त्यसैगरी महासंघको अध्यक्ष पदमा प्रेस संगठन नेपाल (प्रचण्ड–माधव) बाट सुजन तिम्सिनाको उम्मेद्वारी घोषणा गरेका छन् । प्रेस संगठन इलामको विहीबार इलाममा भएको भेलाले आगामी निर्वाचनमा अध्यक्ष पदको लागि तिम्सिनालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

तिम्सिना नेपाल टेलिभिजनका इलाम संवाददता हुन् । पार्टी विभाजन अघि प्रेस संगठन इलामका संयोजक रहेका तिम्सिना हाल पार्टी विभाजनसँगै संगठन पनि विभाजन भएपछि प्रदेश १ सचिवको जिम्मेवारी पाएका छन् ।

पत्रकार महासंघको सचिव पदमा भने हालसम्म एक जनाको मात्र उम्मेद्वारी घोषणा भएको छ । नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालको संयुक्त प्यानलबाट मञ्चका केन्द्रीय सदस्य राम योङहाङले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् । योङहाङले पनि दुई साता अघि नै संगठनको तर्फबाट सचिवमा उम्मेद्वारी घोषणा गरेर चुनावी अभियानमा जुटेका थिए । उनी अघिल्लो शनिबार अर्को संगठन नेपाल प्रेस युनियनसँग कार्यगत एकता गरि दुवै संगठनको तर्फबाट सचिवको संयुक्त उम्मेद्वारी भएका हुन् ।

योङहाङ इलामबाट संचालित नयाँ बुलन्द डटकमका सम्पादक र काठमाडौंबाट प्रकाशित सौर्य राष्ट्रिय दैनिकका इलाम संवाददता हुन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष समेत हुन् ।

प्रधानमन्त्री केपी ओली निकटका प्रेस संगठनले भने हालसम्म कुनै पदमा उम्मेद्वारी घोषणा गर्न सकेको छैन ।

इलाममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विभाजित प्रेस संगठन नेपालका दुई समूह, नेपाली कांग्रेस निकट प्रेस युनियन र जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपाल क्रियाशील छन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;