मिक्लाजुङको नवौं गाउँसभा सम्पन्न, १ सय २५ कृषक पुरस्कृत

,   लिम्बुवान न्युज
                       

रविबजार। पान्थर मिक्लाजुङ गाउँपालिकाले धान र मकै उत्पादन गर्ने एक सय २६ जना कृषकलाई नगद सहित सम्मान गर्दै नवौं गाउँसभा सम्पन्न गरेको छ ।
विहीबार सभाले कृषक प्रोत्साहन कार्यविधि २०७७ पारित गरेसंगै पालिकाले लागु गरेको मापदण्ड अनुसार धान र मकै उत्पादन गर्ने एक सय २६ जना कृषकलाई नगद सहित सम्मान गर्दै गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएका हो ।

पालिकाको सो कार्यविधि अनुसार वडा १ बाट ३, २ बाट ११, ३ बाट २३, ४ बाट १४, ५ बाट २१, ६ बाट १२, ७ बाट १४ र ८ बाट २७ जना नगद १ लाखका दरले सम्मानित भएका छन् । पुरस्कृत कृषकहरुले धान ४० मुरी वा सोभन्दा माथि र मकैं २० फिट लम्बाईसँगै ४ फिट उचाईको थाङ्ग्रो हुनु पर्ने मापदण्ड तयार पारिएको थियो ।

पुरस्कृत कृषकलाई गाउँपालिका अध्यक्ष अमरराज माखिम र उपाध्यक्ष उर्मिला राईले नगद एक लाख रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले बताए । कृषि पेशामा आवद्ध रहेका उनीहरुलाई हौसला मिल्ने यस किसिमको कार्यक्रमले आम कृषकमा खुशी छाएको अधिकृत तिखत्रीले जनाएका छन् ।

स्थानीय सरकार प्रति खुशी व्यक्त गर्दै थप मेहनत र परिश्रम गर्ने जिम्मेवारी पाएको स्थानीयले कृषकहरुले महसुस गरेका छन् । सभामा कृषि सम्बन्धि नीति तथा कार्यक्रम समेत निर्माण गर्दै अन्य कार्यक्रमहरु समेत संशोधन गरिएको जनाइएको छ ।

कार्यक्रममा यस पालिकाको चालु तथा पुँजिगत योजना र कार्यक्रमको एकीकृत खर्च विवरण सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

हरेक कार्यक्रमलाई तीव्रताका साथ संचालन र सम्पन्न गर्दै आएको यस पालिकाले गत आर्थिक वर्षमा जम्मा बजेटको ८४ प्रतिशत खर्च गरेको थियो भने, यस आर्थिक वर्ष २०७७/०७८ मा ४९ करोड १३ लाख ५३ हजार पाँच सय ८० रुपैयाँ बजेट मध्ये हाल सम्म ३८ प्रतिशत मात्रै कोभिड–१९ को प्रभावका कारण खर्च भएको लेखा अधिकृत दिपेन्द्र चेम्जोङले बताए ।

पालिका अध्यक्ष माखिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राई, वडाध्यक्षहरु लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;