सुनुवार समाजको भवन उद्घाटन्

 लिम्बुवान न्युज
                       

शिवसताक्षी। झापाकाे शिवसताक्षी १ धरमपुरमा निर्मित सुनुवार सेवा समाजको कार्यालय भवन एक समारोह बिच उद्घाटन भएको छ । आज शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार सेर्माले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा सुनुवार सेवा समाज झापा जिल्ला अध्यक्ष अबिर बहादुर सुनुवार, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शिवसताक्षीका अध्यक्ष मणिकुमार माझी, सुनुवार सेवा समाज धरमपुरका पूर्वाध्यक्ष तथा वर्तमान सल्लाहकार खड्गबहादुर सुनुवार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, वडा समिति कार्यालयका वडा सदस्य मनबहादुर श्रेष्ठ आदिले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रम सुनुवार सेवा समाज शिवसताक्षी १का वडाध्यक्ष भिमबहादुर सुनुवारले सभाध्यक्ष्ता गरेका थिए । अध्यक्ष सुनुवारले भवन निर्माणमा सहयोग पु¥याउनु हुने सम्पूर्ण दाता तथा नगरपालिकालाई धन्यवाद व्यक्त गरेका छन् । कार्यक्रममा सुनुवार सेवा समाजका सदस्य प्रमिला सुनुवारले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;