दमक फूडफेस्टिवलको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीद्वारा उद्घाटन

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा हुन गईरहेको सातौं दमक फूडफेस्टिवलको प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाको हस्तबाहुलीबाट उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच विभिन्न जातीय परम्पराका परिकारहरु खाएर कार्यक्रमको उद्घाटन गरिएको छ ।

कोभिड १९ ले होटल तथा पर्यटन व्यवसाय धरासय बनीरहेको समयमा दमकमा बिस्तारै होटल तथा पर्यटन व्यवसाय लयमा फर्किरहेको होटल व्यसायीसंघका अध्यक्ष राजन दंगालले बताएका । आजबाट एक हप्तासम्म संचालन हुने फेस्टिवलमा राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने प्रचारप्रसार संयोजक काजी राउतले बताए ।

आज उद्घाटनको दिन कलाकार सृजना खत्री (हाउडेमाया)को प्रस्तुती रहने कार्यक्रम आयोजकले जनाएको छ । साथै विभिन्न स्थानीय कलाकारहरुको समेत सहभागी रहने जनाइएको छ ।

 

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...