सुर्खेतमा संघीय मञ्चको संगठन विस्तार तिब्र, वादी परिवारलाई राहत वितरण

 लिम्बुवान न्युज
                       

सुर्खेत।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सांगठानिक तथा राजनीतिक भेटघाटलाई तिब्रता दिएको छ । मञ्चले संघीय मगरात मञ्चको आव्हानमा सुर्खेतको विभिन्न स्थानीय तहहरुमा संगठन विस्तार गरेको छ ।

मञ्चका संघीय सचिव शान्ता योङहाङ्को अगुवाईमा कार्यक्रम भईरहेको मञ्चले जनाएको छ । लिलाराम राम्जाली मगरको अध्यक्षतामा संघीय मगरात मञ्च, नेपाल पञ्चपुरी नगरसमिति गठन भएको छ । संगठनको उपाध्यक्षमा नन्दराम राम्जली मगर, सचिवमा पूर्ण बहादुर थापा, सहसचिवमा उषा बलामी मगर, अर्थसचिवमा पहलसिंह तारामी मगरलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी सदस्यहरुमा रामबहादुर सिजाली मगर, भविलाल राम्जली मगर, भुमी सुनार, देविराम तारामी मगर, धर्म बहादुर राम्जली मगर र प्रेम पुलामी मगर चयन भएका छन् ।

यसैक्रममा सुर्खेतको चौकुनेमा मन बहादुर थापा मगरको संयोजकत्वमा संघीय मगरात मञ्च, नेपाल चौकुने नगर तदर्थ समिति गठन भएको छ । समितिको सदस्यहरुमा उदय कामी, नौरुप देवी मगर, चित्रकला नाम्जाली मगर, सुर्य गुरुङ, कर्ण बहादुर ग्रन्जा मगर र पूर्ण बहादुर थापा मगरलाई जिम्मेवारी दिइएको महेन्द्र विद्रोहीले जानकारी दिएका छन् ।

मेचीकाली अभियानको क्रममा गठित संघीय मगरात मञ्च, नेपालको प्रान्तीय समितिले कामहरु निरन्तर रुपमा अगाडि बढाईरहेको संयोजक मोहन थापा मगरले बताए । मगरातको सबै जिल्लाहरुमा जिल्ला समिति र स्थानीय तहमा समेत गठनलाई निरन्तरता दिने संयोजक मगरले बताए ।

यसैक्रममा सुर्खेतका १८ वादी परिवारलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राहत वितरण गरेको छ । मञ्चका संघीय सचिव शान्ता योङ्हाङ्ले एक कार्यक्रममा उक्त राहत वितरण गरेकी युवा नेता महेन्द्र विद्रोहीले बताए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...