सुर्खेतमा संघीय मञ्चको संगठन विस्तार तिब्र, वादी परिवारलाई राहत वितरण

 लिम्बुवान न्युज
                       

सुर्खेत।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सांगठानिक तथा राजनीतिक भेटघाटलाई तिब्रता दिएको छ । मञ्चले संघीय मगरात मञ्चको आव्हानमा सुर्खेतको विभिन्न स्थानीय तहहरुमा संगठन विस्तार गरेको छ ।

मञ्चका संघीय सचिव शान्ता योङहाङ्को अगुवाईमा कार्यक्रम भईरहेको मञ्चले जनाएको छ । लिलाराम राम्जाली मगरको अध्यक्षतामा संघीय मगरात मञ्च, नेपाल पञ्चपुरी नगरसमिति गठन भएको छ । संगठनको उपाध्यक्षमा नन्दराम राम्जली मगर, सचिवमा पूर्ण बहादुर थापा, सहसचिवमा उषा बलामी मगर, अर्थसचिवमा पहलसिंह तारामी मगरलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी सदस्यहरुमा रामबहादुर सिजाली मगर, भविलाल राम्जली मगर, भुमी सुनार, देविराम तारामी मगर, धर्म बहादुर राम्जली मगर र प्रेम पुलामी मगर चयन भएका छन् ।

यसैक्रममा सुर्खेतको चौकुनेमा मन बहादुर थापा मगरको संयोजकत्वमा संघीय मगरात मञ्च, नेपाल चौकुने नगर तदर्थ समिति गठन भएको छ । समितिको सदस्यहरुमा उदय कामी, नौरुप देवी मगर, चित्रकला नाम्जाली मगर, सुर्य गुरुङ, कर्ण बहादुर ग्रन्जा मगर र पूर्ण बहादुर थापा मगरलाई जिम्मेवारी दिइएको महेन्द्र विद्रोहीले जानकारी दिएका छन् ।

मेचीकाली अभियानको क्रममा गठित संघीय मगरात मञ्च, नेपालको प्रान्तीय समितिले कामहरु निरन्तर रुपमा अगाडि बढाईरहेको संयोजक मोहन थापा मगरले बताए । मगरातको सबै जिल्लाहरुमा जिल्ला समिति र स्थानीय तहमा समेत गठनलाई निरन्तरता दिने संयोजक मगरले बताए ।

यसैक्रममा सुर्खेतका १८ वादी परिवारलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राहत वितरण गरेको छ । मञ्चका संघीय सचिव शान्ता योङ्हाङ्ले एक कार्यक्रममा उक्त राहत वितरण गरेकी युवा नेता महेन्द्र विद्रोहीले बताए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;