रेशम चौधरी लगायत टिकापुर राजबन्दी रिहाईको लागि बन्याे सरकार र जसपाको वार्ता टोली बन्यो

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। सांसद रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहाइका लागि सरकारले वार्ता समिति गठन गरेको छ । यसैगरी जसपाले पनि वार्ता समिति बनाएको छ । समितिमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ल रहेको जनाएको छ ।

सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई छन् ।

वार्ताका लागि सरकारी वार्ता टोलीले बोलाउनु भएपछि रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको सन्दर्भमा छलफल भएको जसपाका वार्ता समिति सदस्य कर्णले बताए । छलफल सकरात्मक बनेको छ – उनले भने ।

सत्तारुढ दल दुई टुक्रा भएपछि सरकार चलाउन र टिकाउन प्रधानमन्त्री ओलीले नयाँ ढंगबाट जसपालाई आकर्षण गर्न र सत्तासमिकरणको लागि वार्तामा बोलाइएको हुन सक्ने आकलन गरिएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...