दोभानका अग्नीपीडितलाई दमक मोवाइल व्यवसायीको सहयोग

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। दमक मोवाइल व्यवसायी संघले ताप्लेजुङ, दोभानका अग्नीपीडित परिवारको सहयोगका लागि ५ हजार उपलव्ध गराएको छ ।

अग्नीपीडित परिवारका लागि राहत जुटाउन उद्देश्यले सञ्चालित दमक–ताप्लेजुङ सम्पर्क मञ्चलाई उक्त नगद सहयोग उपलव्ध गराईएको संघका अध्यक्ष भेनस श्रेष्ठले जानकारी दिए । संघको टोलीले बुधबार मञ्चका अध्यक्ष समेत रहेका दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेललाई भेटेर सो सहयोग दिएका हुन् ।

अग्नीपीडितलाई नगद राहत अभियान जुटाउन मञ्चले आफना सदस्य केन्द्रवहादुर प्रसाईको संयोजकत्वमा आर्थिक समिति गठन गरि नगद संकलन अभियान तीव्र पारिएको छ । अभियान टोलीले शनिवार घटनास्थलमा नै पुगेर नगद राहत उपलव्ध गराउने तयारी गरिएको प्रचार संयोजक विष्णु पौडेलले बताएका छन् ।

यसैगरि मोवाइल व्यवसायी संघले आफनो स्थापना दिवस (फागुन १४)को अवसर पारेर बर्सेनी स्थानीय एक जना सञ्चारकर्मीलाई नगदसहित पुरस्कृत गर्ने समेत निर्णय भएको संघका सह–सचिव दिपेश दाहालले वताएका छन् । आगामी वर्षदेखि संघको हरेक गतिविधिलाई सञ्चारमाध्यमसम्म सूचना प्रवाह गरि योगदान पुरयाँउने एक जना सञ्चारकर्मीलाई नगद रु ५ हजार र सम्मानपत्र सहित पुरस्कृत गरिने उनले जनाए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...