दमकका व्ययसायी इन्द्र भूजेलको सवारी दुर्घटनामा मृत्यु

 लिम्बुवान न्युज
                       

दमक।

मोटरसाईकलको ठक्करवाट दमकका व्यवसायी इन्द्र भुजेलको मृत्युभएको छ । दमक ५ स्थित बुद्धचौंक नजिक सडकखण्डमा आज बेलुका मोटरसाईकल र स्कुटर एकापसमा ठक्कर खादाँ स्कुटरमा सवार दमक ८ का ५० बर्षिय भुजेलको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक भुजेल दमक ८ मा रहेको इन्द्र साउण्ड एण्ड टेन्ट हाउसका सञ्चालक हुन् ।

इप्रका दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीका अनुसार दमक ५ स्थित सडकखण्डमा आज वेलुका ९ .१० मिनेट जादाँ पूर्ववाट पश्चिमतर्फ जादै गरेको प्र–१–०१–०१३ प. ८७६६ को मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको मे.९ प ६२१९ को स्कुटर एकापस जुधेको थियो । दुर्घटनामा सख्त घाईते भएका स्कुटर चालक भुजेललाई दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्युभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गंभीर घाईते भएका मोटरसाईकल चालक दमक ९ का अन्दाजी २६ बर्षिय सन्जोक सुन्दासको स्थानीय निम्स अस्पतालमा उपचार हुन नसकि थप उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा पठाईएको प्रनाउ कार्कीले वताए । घाईते सुन्दासको अवस्था समेत जटिल भएको बताईएको छ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...