सातौं दमक फूडफेस्टिवलको छैटौं दिन आउँदै- भिटेन

 लिम्बुवान न्युज
                       

दमक। दमकमा संचालन भईरहेको सातौं दमक फूडफेस्टिलको छैटौं दिन आज चर्चित र्यापर तथा गायक समिर घिसिङ (भिटेन)ले स्टेज तताउँदै छन् । युवाहरु माझ लोकप्रिय भिटेनको प्रस्तुती रहने प्रचारप्रसार संयोजक काजी राउतले जानकारी दिएका हुन् ।

नेपाली र्यापर जगतमा चर्चित भिटेनका शब्दहरु अलिकति भल्गर भन्दै सोसल मिडियामा छाइरहने गरेका छन् यद्यपी उनका लाखौं फ्यानहरु रहेको उनको सोसल साइटमा देखिन्छ ।

गत आइतबारदेखि एक हप्तासम्म संचालन हुने फूडफेस्टिवलमा करिब ४५ हजारले अवलोकन गर्ने आयोजकले जनाएको छ । आज छैटौं तथा दोस्रो अन्तिम दिन कार्यक्रममा युवाहरुको जमात धेरै हुने संयोजक भुपेन्द्र न्यौपाने बताउँछन् । यो फेस्टिवलमा करिब ५० लाखको हाराहारीमा आर्थिक कारोबार गर्ने लक्ष्य रहेको होटल व्यवसायी संघ दमकले जनाएको छ ।

हरेक साँझ राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिने फेस्टिवलमा स्थानीय डान्स सेन्टरहरुबाट नृत्य समेत प्रस्तुत गरिरहेको राउतले बताए । विभिन्न जातीय परम्पराका खानेकुराहरु समेत स्टलहरुमा राखिएको छ । करिब ४८ वटा विभिन्न स्टलहरु राखिएको सातौं दमक फूडफेस्टिवलले कोभिड–१९ ले थलिएको होटल व्यवसाय र पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास रहेको संयोजक न्यौपानेले बताएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;