सातौं दमक फूडफेस्टिवलको छैटौं दिन आउँदै- भिटेन

 लिम्बुवान न्युज
                       

दमक। दमकमा संचालन भईरहेको सातौं दमक फूडफेस्टिलको छैटौं दिन आज चर्चित र्यापर तथा गायक समिर घिसिङ (भिटेन)ले स्टेज तताउँदै छन् । युवाहरु माझ लोकप्रिय भिटेनको प्रस्तुती रहने प्रचारप्रसार संयोजक काजी राउतले जानकारी दिएका हुन् ।

नेपाली र्यापर जगतमा चर्चित भिटेनका शब्दहरु अलिकति भल्गर भन्दै सोसल मिडियामा छाइरहने गरेका छन् यद्यपी उनका लाखौं फ्यानहरु रहेको उनको सोसल साइटमा देखिन्छ ।

गत आइतबारदेखि एक हप्तासम्म संचालन हुने फूडफेस्टिवलमा करिब ४५ हजारले अवलोकन गर्ने आयोजकले जनाएको छ । आज छैटौं तथा दोस्रो अन्तिम दिन कार्यक्रममा युवाहरुको जमात धेरै हुने संयोजक भुपेन्द्र न्यौपाने बताउँछन् । यो फेस्टिवलमा करिब ५० लाखको हाराहारीमा आर्थिक कारोबार गर्ने लक्ष्य रहेको होटल व्यवसायी संघ दमकले जनाएको छ ।

हरेक साँझ राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिने फेस्टिवलमा स्थानीय डान्स सेन्टरहरुबाट नृत्य समेत प्रस्तुत गरिरहेको राउतले बताए । विभिन्न जातीय परम्पराका खानेकुराहरु समेत स्टलहरुमा राखिएको छ । करिब ४८ वटा विभिन्न स्टलहरु राखिएको सातौं दमक फूडफेस्टिवलले कोभिड–१९ ले थलिएको होटल व्यवसाय र पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास रहेको संयोजक न्यौपानेले बताएका छन् ।

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...