फेदाप पोक्लाबाङ यकको प्रथम ऐतिहासीक सम्मेलन, अध्यक्षमा सेसेहाङ चोङबाङ्

 लिम्बुवान न्युज
                       

तेह्रथुम। तेह्रथुम फेदापको पोक्लाबाङ यक फेदाप प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ । बिहिबार सम्पन्न उक्त सम्मेलनबाट सेसेहाङ चोङबाङको अध्यक्षतामा ३७ सदस्य कार्यसमिति समिति चयन गरेको छ ।

उक्त गठित समितिको उपाध्यक्षमा सुर्यमान निङलेकु लिम्बु र राजकुमारी नेम्बाङ सिङगक, महासचिवमा टेक बहादुर खापुङ, सचिव डम्बर पँयाङगु, रुपा हाङश्रोङ र कोषअध्यक्षमा चन्द्रबहादुर सिँगक चयन हुनुभएको छ । यसरीनै सदस्यहरूमा धनसुन्दर अम्बुङ,सर्मला आम्बुङ, चन्द बहादुर मादेम्बा,दिल कुमारी मादेम्बा रज्य प्रसाद लुम्फुङवा, टेक बहादुर लुम्फुङवा, नेत्र पन्धाक, श्रीमाया पन्धाक, शिव कुरूम्बाङ, दिल कुमारी लावती कुरूम्बाङ, जयन्ती निङलेकु, बुध्दीमान हाङ्स्रोङ, सिमानी हुक्पाचोङबाङ, शान्तिला खापुङ, कृस्न कुमार तेयुङ र पुर्णकला तेयुङ चयन हुनुभएको छ ।

फागुन २६ गते सम्मेलनको बन्दसत्रबाट उक्त समिति गठन भएको सम्मेलन समितिका अध्यक्ष टिका पँयाङगुले बताउनुभयो । “पोक्लाबाङ यक फेदापको पहिचान, हामी सबैको प्रयास यसको उत्थान” भन्ने मुल नारा सहित पोक्लाबाङ यक फेदापसँग ऐतिहासिक पहिचान जोडिएका लिम्बुहरुको यकको संरक्षण र विकास गर्ने उद्देश्यका साथ उक्त सम्मेलनको आयोजना गरेको हो ।

पोक्लाबाङ औसी डाडाँको भगवति मन्दिर छेउको ओडारमा धेरै वर्ष पहिले १८ थरका लिम्बुहरु बसोबास गरेको र पछि त्यहाँबाट आफनो वँश सहित छुटयाएर अन्यन्क्र गएको बुढापाकाले भन्ने गरेको आयोजक सम्मेलनका सचिव राम कुरुङबाङले बताउनुभयो । साथैे ओझा डाँडामा रहेको माङगेन्ना यकमा पनि वर्षमा एक पटक १८ थरका लिम्बुहरु भेला भई पुजाआजा गर्दै आएको अध्यक्ष पयाङगुले बताएका छन् ।

फागुन २५ गते सामुहिक गाली श्राप बगाएको र फुलपातिद्धुारा सामुहिक माङ्गेना पुजा, दिउँसो साँस्कृतीक झाँकि सहित उद्धघाटन सत्र सम्पन्न भएको आयोजक सम्मेलनका सदस्य शिव कुरुङबाङले बताउनुभयो । औसिडाँडा बजारको खेलमैदानमा सञ्चालन भएको कार्यक्रममा च्याबु्रङ नाँच, धाननाँच, पन्चेबाजा, सँगिनीनाँच र अन्य विभिन्न कार्यक्रमका विच सम्पन्न भएको सदस्य कुरुम्बाङले बताउनुभएको छ । सम्मेलनमा जिल्ला भित्रका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष साथै विभिन्न सँघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

फेदाप गाउँपालिकाको आर्थिक सहयोग तथा पोक्लाबाङ यक फेदाप प्रथम एैतिहासिक सम्मेलनको आयोजनामा सम्पन्न भएको कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख शिव प्रसाद ढुङगानाको प्रमुख आथित्यता तथा डा कमल तिगेलाको विशेष आथित्यतामा सम्मेलन आयोजना गरीको आयोजक समितिका अध्यक्ष टिका पयाँगुले बताउनुभयो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...