फेदाप पोक्लाबाङ यकको प्रथम ऐतिहासीक सम्मेलन, अध्यक्षमा सेसेहाङ चोङबाङ्

 लिम्बुवान न्युज
                       

तेह्रथुम। तेह्रथुम फेदापको पोक्लाबाङ यक फेदाप प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ । बिहिबार सम्पन्न उक्त सम्मेलनबाट सेसेहाङ चोङबाङको अध्यक्षतामा ३७ सदस्य कार्यसमिति समिति चयन गरेको छ ।

उक्त गठित समितिको उपाध्यक्षमा सुर्यमान निङलेकु लिम्बु र राजकुमारी नेम्बाङ सिङगक, महासचिवमा टेक बहादुर खापुङ, सचिव डम्बर पँयाङगु, रुपा हाङश्रोङ र कोषअध्यक्षमा चन्द्रबहादुर सिँगक चयन हुनुभएको छ । यसरीनै सदस्यहरूमा धनसुन्दर अम्बुङ,सर्मला आम्बुङ, चन्द बहादुर मादेम्बा,दिल कुमारी मादेम्बा रज्य प्रसाद लुम्फुङवा, टेक बहादुर लुम्फुङवा, नेत्र पन्धाक, श्रीमाया पन्धाक, शिव कुरूम्बाङ, दिल कुमारी लावती कुरूम्बाङ, जयन्ती निङलेकु, बुध्दीमान हाङ्स्रोङ, सिमानी हुक्पाचोङबाङ, शान्तिला खापुङ, कृस्न कुमार तेयुङ र पुर्णकला तेयुङ चयन हुनुभएको छ ।

फागुन २६ गते सम्मेलनको बन्दसत्रबाट उक्त समिति गठन भएको सम्मेलन समितिका अध्यक्ष टिका पँयाङगुले बताउनुभयो । “पोक्लाबाङ यक फेदापको पहिचान, हामी सबैको प्रयास यसको उत्थान” भन्ने मुल नारा सहित पोक्लाबाङ यक फेदापसँग ऐतिहासिक पहिचान जोडिएका लिम्बुहरुको यकको संरक्षण र विकास गर्ने उद्देश्यका साथ उक्त सम्मेलनको आयोजना गरेको हो ।

पोक्लाबाङ औसी डाडाँको भगवति मन्दिर छेउको ओडारमा धेरै वर्ष पहिले १८ थरका लिम्बुहरु बसोबास गरेको र पछि त्यहाँबाट आफनो वँश सहित छुटयाएर अन्यन्क्र गएको बुढापाकाले भन्ने गरेको आयोजक सम्मेलनका सचिव राम कुरुङबाङले बताउनुभयो । साथैे ओझा डाँडामा रहेको माङगेन्ना यकमा पनि वर्षमा एक पटक १८ थरका लिम्बुहरु भेला भई पुजाआजा गर्दै आएको अध्यक्ष पयाङगुले बताएका छन् ।

फागुन २५ गते सामुहिक गाली श्राप बगाएको र फुलपातिद्धुारा सामुहिक माङ्गेना पुजा, दिउँसो साँस्कृतीक झाँकि सहित उद्धघाटन सत्र सम्पन्न भएको आयोजक सम्मेलनका सदस्य शिव कुरुङबाङले बताउनुभयो । औसिडाँडा बजारको खेलमैदानमा सञ्चालन भएको कार्यक्रममा च्याबु्रङ नाँच, धाननाँच, पन्चेबाजा, सँगिनीनाँच र अन्य विभिन्न कार्यक्रमका विच सम्पन्न भएको सदस्य कुरुम्बाङले बताउनुभएको छ । सम्मेलनमा जिल्ला भित्रका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष साथै विभिन्न सँघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

फेदाप गाउँपालिकाको आर्थिक सहयोग तथा पोक्लाबाङ यक फेदाप प्रथम एैतिहासिक सम्मेलनको आयोजनामा सम्पन्न भएको कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख शिव प्रसाद ढुङगानाको प्रमुख आथित्यता तथा डा कमल तिगेलाको विशेष आथित्यतामा सम्मेलन आयोजना गरीको आयोजक समितिका अध्यक्ष टिका पयाँगुले बताउनुभयो ।

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...