सातौं दमक फूडफेस्टिवल समापन, ५० लाख भन्दा धेरैको कारोबार

 लिम्बुवान न्युज
                       

दमक। दमकमा संचालित सातौं दमक फूडफेस्टिल शनिबार समापन भएको छ । ५० लाख भन्दा धेरैको आर्थिक कारोबार गर्न सफल भएको फेस्टिवल गत २३ गते देखि संचालन भएको हो ।

प्रत्येक साँझ राष्ट्रिय कलाकारहरुका साथ सांगीतिक कार्यक्रम सहितको फेस्टिवलमा चर्चित कलाकारहरु मेलिना राई, समिर घिमीङ (भिटेन), सन्दीप क्षेत्री, लाहुरे, निशान भट्टराई, सृजना खत्री, रिया श्रेष्ठ लगायतका कलाकारहरुले स्टेज तताएका थिए । साथै पूर्वका विभिन्न डान्स सेन्टरहरुबाट नृत्य तथा हाँस्यव्यङ्ग समेत प्रस्तुत गरिएको थियो ।

एक हप्ता संचालित फूडफेस्टिवल करिब ४५ हजारले अवलोकन गरेको संयोजक भुपेन्द्र न्यौपाने बताएका छन् । फेस्टिवल प्रवेश शुल्क १ सय रुपैयाँ राखिएको थियो । धिमाल, तामाङ्, राई, गुरुङ्, नेवार लगायतका जातीहरुको जातीय परम्पराका खानेकुराहरुको समेत व्यवस्था रहेको उक्त फेस्टिवलमा ४८ वटा विभिन्न होटल लगायत लगायत स्टलहरु राखिएको थियो ।

कोभिड १९ ले थलिएको होटल तथा पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्न मद्दत पुग्ने विश्वासका साथ सातौं फूट फेस्टिवलको आयोजना गरिएको होटल व्यवसायी महासंघ प्रदेश नं. १ का अध्यक्ष राजन दंगालले बताएका छन् । फुड्फेस्टिवलमा कमल गाउँपालिकाका टिकाराम उप्रेतीलाई नगद ५ हजार र सम्मान पत्रले समान गरिएको थियो ।

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;