संघीय सह अस्तित्ववाद नै नेपालको प्रगति गर्न सक्ने दर्शन हो – लिङ्देन्

 लिम्बुवान न्युज
                       

तेह्रथुम,छथर। नेपाल जस्तो बहुजाति, बहुभाषी समुदाय रहेको देशले प्रगति गर्नको लागि संघीय सह–अस्तित्ववादी दर्शन अंगाल्न सक्नुपर्ने कुरा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराकले बताएका छन् । तेह्रथुमको शुक्रबारे बजारमा आयोजित छथर गाउँपालिका स्तरिय लिम्बुवानी आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन माक्स र लेनिनको फोटो बेचेर नेपालका कम्युनिष्टहरुले राजनीति गर्दै आए जनता सचेत र अधिकार सम्पन्न हुन्छन् भनेर काग्रेस कम्युनिष्टले संघीयताको शिक्षा लुकाएका छन्” सभाका प्रमुख अतिथि समेत रहेका लिङदेनले आरोप लगाए ।

क्रममा मञ्चका उपाध्यक्ष तथा प्रदेश सदस्य विष्णु तुम्बाहाङफे, संघीय अर्थ सचिव विष्णु यक्सो, उपमहासचिव चन्द्रसिंह नेम्बाङ, सचिव राजु राई, सचिवालय सदस्य सजन याक्खा, शंकरमान लिम्बु, चन्द्र कन्दङ्वा, सुर्य लिम्बु लगायतका केन्द्रीय तथा जिल्ला नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा विभिन्न नारा सहित च्याब्रुङ नाच प्रदर्शन गर्दै बजार परिक्रमा गरिएको थियो । छथर कमिटिका अध्यक्ष सुक बहादुर साङ्वाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाको संचालन केन्द्रीय सदस्य दिल पाक्सावाले गरेका थिए ।

त्यसैगरी आइतबार तेह्रथुमको म्याङ्लुङमा अन्तरक्रिया तथा राजनैतिक भेटघाट कार्यक्रम भएको छ । मञ्चका केन्द्रीय सदस्य दिल पाक्सावाका अनुसार म्याङलुङका स्थानीय नेताहरुसँग पार्टीको राजनीतिक एजेण्डा पुस्तिकालाई कसरी जनताको घरदैलोसम्म पु¥याउन सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया भएको छ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...