कियाचूको हिलिहाङ अध्यक्षमा टेकराज योङहाङ्

 लिम्बुवान न्युज
                       

फेदेन। किरात याक्थुङ चुम्लुङ् हिलिहाङ गाउँपालिका शाखा अधिवेशन सम्पन्न भएको छ । टेकराज योङहाङको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

आज सम्पन्न शाखाको पहिलो अधिवेशनले अध्यक्ष योङहाङसँगै उपाध्यक्षमा सम्झना योङहाङ, सचिवमा मानबहादुर हाङसरुम्बा, सह–सचिवमा जिना सुहाङ, कोषाध्यक्षमा शेरबहादुर केरुङ चयन भएका छन् भने सदस्यहरुमा क्रमशः राजेन्द्र लिङ्देन, अनिल हेम्ब्या, अमृत लिङदेन, केशर माङयुङ, आरती लिङदेन, रामचन्द्र माङयुङ, हेमराज योङहाङ, शेरबहादुर योङया, चित्रहाङ योङहाङ, सविना पन्धाक, चन्द्रमान योङहाङ र पूर्ण यवा चुनिएका छन् ।

हिलिहाङ ५ र ६ को संगम स्थल चतुरे बजारमा भएको भेलाले नयाँ कार्य समिति गठन भएको पान्थरका सामाजिक व्यक्तित्व सागर केरुङ्ले जनाएका छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...