शहीद मनिल तामाङको १३औं स्मृति दिवस विविध कार्यक्रम गरि मनाइयो

 लिम्बुवान न्युज
                       

दमक। समानुपातिक चुनाव प्रणालीको माग गर्ने क्रममा झापाको धुलाबारी क्याम्पसमा २०६५ चैत्र ६ गते शहिद हुनुभएका शहीद मनिल तामाङको १३औं स्मृति दिवस संघीय लोकतान्त्रिक राष्ट्रिय तथा संघीय लिम्बुवान मञ्च, नेपालले विविध कार्यक्रम गरि मनाएको छ ।

दायाँबाट क्रमशः मञ्चका महासचिव यलम्बर खम्बु, शहीद तामाङका बुबा–आमा

दमक

मञ्चले लिम्बुवानको नौ वटै जिल्लाहरुमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको मञ्चका प्रान्तीय महासचिव संगम खनालले जनाएका छन् । आज संघीय विद्यार्थी युनियनले झापा दमक बहुमुखी क्याम्पसको सभाहलमा संघीय अध्यक्ष सेसेहाङ् चोङबाङको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विद्यार्थी नेता सजन याक्खा र मोहन माबोको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थी नेता मनिल तामाङले संघीयता र समानुपातिक शिक्षा प्रणाली लागू गर्नु पर्छ भन्ने संघीयवादी विद्यार्थी आन्दोलनको क्रममा राष्ट्रिय शहीद हुुन भएकोमा वहाँको सम्मानको चर्चा गरिएको थियो ।

ताप्लेजुङ

आज पान्थरको फेदेन, ताप्लेजुङको फुङलिङ, इलामको महेन्द्र बहुमुखी क्याम्पस लगायत स्थानहरुमा समित श्रद्धाञ्जलि कार्यक्रम भएको सूचना प्राप्त भएको छ ।

पान्थर

यसैगरी आज शहिद राजकुमार आङ्देम्बे माङ्तोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानको अगुवाईमा पृथ्वीनगर ज्ञाने चोकमा रहेको तामाङ्को समाधिस्थलमा बौद्ध तामाङ् परम्परा अनुसार लामाबाट पुजा गरि शहीद तामाङ्को १३औं स्मृतिमा १ मिनेट मौनधारण गरि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्ले अब चाडै नै शहीदको शालिक निर्माणमा मञ्च अगाडि बढेको बताएका छन् । मञ्च निरन्तर आन्दोलनरत भएको हुँदा हामीले काम गर्न ढिलाई भएको भन्दै प्रतिष्ठानको समन्वयमा अब स्थानीय पृथ्वी नगर आसपास वा धुलाबारी क्याम्पस परिसर भित्र जहाँ भए पनि तामाङको शालिक बन्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिष्ठानका सदस्य किरण लिङदेनको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा मञ्चका महासचिव यलम्बर खम्बु, युवा नेताहरु लिचन थेवे, बसन्त लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...