लिम्बुवान मञ्चको पाथिभरा–याङ्वरक अधिवेशनसम्पन्न, अध्यक्षमा मनोज मेन्याङ्बो

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल पाथिभरा–याङ्वरक गाउँपालिकाको चौथो अधिवेशन सम्पन्न भएको छ । आज शनिबार मञ्चको प्रान्तीय उपमहासचिव इन्दीरा मेन्याङ्बाेकाे प्रमुख आतिथ्यतामा मनोज मेन्याङ्बोको अध्यक्षतामा नयाँ समिति गठनसँगै चौथो अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा प्रान्तीय सचिवालय सदस्य मुक्साम लाबुङ, प्रान्तीय सदस्य रिता मादेन, जिल्ला उपाध्यक्ष द्वय प्रताप चोङ्वाङ र राम साम्सोहाङ, जिल्ला सचिव अशोक मादेन, जिल्ला सचिवालय सदस्य दिपेन्द्र लिङ्देन लगायत नेताहरुले अधिवेशन सफलतको शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष मेन्याङ्बो सँगै बरिष्ठ उपाध्यक्षमा शेर बहादुर सेनेहाङ, उपाध्यक्षहरुमा खेम गुरुङ, नविना थेवे, सचिवमा खगेन्द्र इजम, सहसचिवमा सुनिता सेनेहाङ, अर्थसचिवमा मिनराज मेन्याङ्बो चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुजन खिम्दिङ, डम्बर मेन्याङ्बो, विनिता सेनेहाङ, विशाल राई, मिलना सेनेहाङ, साइमन चङ्सु, इक्सा सेनेहाङ, सचिन्द्र मेन्याङबो, निमडिकी शेर्पा मेन्याङ्बो र बिञ्जु मादेन रहेका छन् ।

यसैगरी उक्त अधिवेशनले प्रकाश साम्सोहाङको कमाण्डमा पाथीभरा याङवरक एल.भी. फिल्ड कमाण्ड गठन गरेको छ । कमाण्डमा विक्रम इजम, रमेश मेन्याङबो, सञ्जुहाङ मेन्याङबो, पूर्ण खिम्दिङ, नरेन्द्र राई, सुन्दर साम्सोहाङ, पवन साम्सोहाङ, आयुष थेवे, सनम साम्सोहाङ, नरेश खोयाहाङ र सोमकुमार साउदेन रहेका छन् ।

त्यसरी नै उक्त अधिवेशनले सरद मेन्याङबोको संयोजकत्वमा ७ सदस्यीय तुम्याहाङ् मञ्च समेत गठन भएको छ । सदस्यहरुमा लाखप्रसाद खिम्दिङ, महेन्द्र खिम्दिङ, चन्द्रबहादुर मेन्याङबो, भगीमान मेन्याङ्बो, गोपीलाल थेवे र शेरबहादुर मेन्याङबो रहेका छन् ।

कार्यक्रम अधिवेशन आयोजक समितिका संयोजक शेरबहादुर सेनेहाङको अध्यक्षतामा सम्पन्न भएको संघीय लिम्बुवान मञ्च, नेपाल ताप्लेजुङ् जिल्ला कार्य समिति सचिव अशोक मादेनले जनाएका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...