लिम्बुवान मञ्चको पाथिभरा–याङ्वरक अधिवेशनसम्पन्न, अध्यक्षमा मनोज मेन्याङ्बो

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल पाथिभरा–याङ्वरक गाउँपालिकाको चौथो अधिवेशन सम्पन्न भएको छ । आज शनिबार मञ्चको प्रान्तीय उपमहासचिव इन्दीरा मेन्याङ्बाेकाे प्रमुख आतिथ्यतामा मनोज मेन्याङ्बोको अध्यक्षतामा नयाँ समिति गठनसँगै चौथो अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा प्रान्तीय सचिवालय सदस्य मुक्साम लाबुङ, प्रान्तीय सदस्य रिता मादेन, जिल्ला उपाध्यक्ष द्वय प्रताप चोङ्वाङ र राम साम्सोहाङ, जिल्ला सचिव अशोक मादेन, जिल्ला सचिवालय सदस्य दिपेन्द्र लिङ्देन लगायत नेताहरुले अधिवेशन सफलतको शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष मेन्याङ्बो सँगै बरिष्ठ उपाध्यक्षमा शेर बहादुर सेनेहाङ, उपाध्यक्षहरुमा खेम गुरुङ, नविना थेवे, सचिवमा खगेन्द्र इजम, सहसचिवमा सुनिता सेनेहाङ, अर्थसचिवमा मिनराज मेन्याङ्बो चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुजन खिम्दिङ, डम्बर मेन्याङ्बो, विनिता सेनेहाङ, विशाल राई, मिलना सेनेहाङ, साइमन चङ्सु, इक्सा सेनेहाङ, सचिन्द्र मेन्याङबो, निमडिकी शेर्पा मेन्याङ्बो र बिञ्जु मादेन रहेका छन् ।

यसैगरी उक्त अधिवेशनले प्रकाश साम्सोहाङको कमाण्डमा पाथीभरा याङवरक एल.भी. फिल्ड कमाण्ड गठन गरेको छ । कमाण्डमा विक्रम इजम, रमेश मेन्याङबो, सञ्जुहाङ मेन्याङबो, पूर्ण खिम्दिङ, नरेन्द्र राई, सुन्दर साम्सोहाङ, पवन साम्सोहाङ, आयुष थेवे, सनम साम्सोहाङ, नरेश खोयाहाङ र सोमकुमार साउदेन रहेका छन् ।

त्यसरी नै उक्त अधिवेशनले सरद मेन्याङबोको संयोजकत्वमा ७ सदस्यीय तुम्याहाङ् मञ्च समेत गठन भएको छ । सदस्यहरुमा लाखप्रसाद खिम्दिङ, महेन्द्र खिम्दिङ, चन्द्रबहादुर मेन्याङबो, भगीमान मेन्याङ्बो, गोपीलाल थेवे र शेरबहादुर मेन्याङबो रहेका छन् ।

कार्यक्रम अधिवेशन आयोजक समितिका संयोजक शेरबहादुर सेनेहाङको अध्यक्षतामा सम्पन्न भएको संघीय लिम्बुवान मञ्च, नेपाल ताप्लेजुङ् जिल्ला कार्य समिति सचिव अशोक मादेनले जनाएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...