संघीय मञ्च तामाङसालिङकाे जुगल हिमालकाे काखमा पुग्याे

 लिम्बुवान न्युज
                       

सिन्धुपाल्चोक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तामाङसालिङको जुगल ३ गुम्बास्थान पुगेको छ । ३ सय बर्ष अघि देखि बस्दै आएका लालुम्बा जातिहरुको बसोबास रहेको गुम्बास्थानमा मञ्चले राजनीतिक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो ।

जुगल हिमालको काखमा रहेको गुम्बास्थानमा शनिबार मञ्चको मेचीकाली अभियान अन्तर्गत तामाङसालिङ मञ्चको आयोजनामा वृहत राजनीतिक अन्तरक्रिया कार्यक्रम गरेको हो । मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष लिङदेनले १५ बर्ष देखि संघीयता, पहिचान र सह–अस्तित्व प्राप्तिको आन्दोलनमा लढिरहेको मञ्च पूर्व लिम्बुवानबाट उदाएर पश्चिम खसानसम्म पुग्ने यात्रामा रहेको बताए । त्यसैगरी तामाङसालिङले अभियानको रुपमा निरन्तर कार्यक्रमहरु गरिरहेकोमा खुशी व्यक्त गर्दै अबको राष्ट्रिय राजनीतिमा संघीय मञ्चले नेपालको राजनीतिमा नयाँ तरङ्गल्याने छ । अध्यक्ष लिङ्देनले भने ।

सो कार्यक्रममा बोल्दै तामाङ् र शेर्पा भन्दा फरक जाती लालुम्बा जातीहरुको बसोबास रहेको उक्त क्षेत्रलाई लालुम्बा स्वायत्त क्षेत्र समेत घोषणा गर्न संघीय तामाङसालिङ मञ्चका अध्यक्ष मिङमार लामाले आग्रह गरेका छन् ।

सांगीतिक कार्यक्रम सहित भएको सो राजनीति भेटघाटले मञ्चलाई गाउँगाउँ पुग्न मद्दत पुगेको संघीय अर्थ सचिव विष्णु यक्सो बताउँछन् । कार्यक्रममा लिम्बुवान प्रान्तीय महासचिव थाङसाङ लावती, संघीय सदस्यहरु चन्द्र कन्दङवा, सुर्य लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

संघीय मञ्चलाई राष्ट्रिय पार्टीको रुपमा स्थापना गर्न मञ्चको १०+१ प्रान्त अन्तर्गत तामाङसालिङ मञ्चले आफ्नो सबै जिल्लाहरुमा यसरी नै निरन्तर संगठन विस्तार गर्दै जाने तामाङसालिङ मञ्चका अध्यक्ष लामाले बताए ।

त्यसैगरी आइतबार भोटेकोशी गाउँपालिकाको वडा १ मा पनि संघीय तामाङसालिङ मञ्चले अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चले आफ्नो राजनीतिक एजेण्डा पुस्तिका जनताको घर घर पु¥याउने कार्यक्रम अनुसार सो कार्यक्रम आयोजना गरेको हो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;