कियाचु झापाद्वारा दमकमा राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। लिम्बु जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङले राष्ट्रिय जनगणना २०७८लाई लक्षित गरेर पूर्वका जिल्लाहरुमा सचेतनामूलक अभियान तीव्र पारेको छ ।

किरात धर्म अनुनायी तथा जातिय संघसंस्थाहरुको समन्वयमा चुम्लुङले पूर्वका जिल्लाहरुमा सचेतनामूलक अभियान शुरु गरेको हो । यसैक्रममा चुम्लुङ झापाले सोमबार दमकमा संगठन तथा राष्ट्रिय जनगणना प्रशिक्षणकार्यक्रम सम्पन्न गरेको छ ।

चुम्लुङको दमक नगरसमितिको व्यवस्थापनमा भएको उक्त प्रशिक्षण कार्यक्रममा चुम्लुङका अग्रजहरुले आसन्न राष्ट्रिय जनगणनामा आफनो जाति, धर्म पहिचान स्थापित गराउन सबै जुट्नु पर्ने उल्लेख गरे । चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमले चुम्लुङको सांगठानिक अवस्थाका बारेमा जानकारी दिनुका साथै जनगणनालाई प्रभावकारी वनाउन जातिको महलमा लिम्बू, धर्मको महलमा किरात र भाषाको महलमा लिम्बू लेखाउन आग्रह गरेका थिए ।

त्यस्तै, चुम्लुङका केन्द्रीय उपाध्यक्ष डाक्टर कमल तिगेलाले लिम्बू जातिको जातिय तथा भाषा,धर्म जोगाउन चुनौती आएको उल्लेख गरे । उनले राष्ट्रिय जनगणनामा लिम्बूले आफनो पहिचान अनुसार जातिको महलमा लिम्बू, धर्मको महलमा किरात धर्म लेख्न,लेखाउन अभियान सञ्चालन गर्नुपर्ने खाँचो रहेको औल्याए ।

चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य अभिषेक येक्तेन, याम योङहाङ , केन्द्रीय सदस्य बिष्णु देवी चेम्जोङ, राष्ट्रिय सदस्य गुमानसिङ सम्बाहाङफे, प्रदेश सदस्य इक्सा सम्बाहाङफे, पूर्व उपाध्यक्ष धिरेन लाओती लगायतको उपस्थिति रहेको थियो ।

चुम्लुङका दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङले स्वागत मन्तव्य तथा सञ्चालन चुम्लुङ जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले सञ्चालन गरेको सो अन्तरकृयात्मक प्रशिक्षण कार्यक्रम जिल्लाको माइपश्चिम क्षेत्रका गाउँ,नगर शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसअघि किरात याक्थुङ् चुम्लुङ झापाले आइतवार विर्तामोडस्थित जिल्ला कार्यालयमा पनि चुम्लुङ संगठन र जनगणना सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा चुम्लुङ् केन्द्रीय अध्यक्ष वनेम र चुम्लुङ् सचिवालय सदस्य तथा लिम्बू सांस्कृतिक परिषदका केन्द्रीय अध्यक्ष गोविन्द आङ्बुहाङ्ले संगठन र जनगणना सम्बन्धमा सहजीकरण गरेका थिए । आसन्न १२औं राष्ट्रिय जनगणनामा लिईने धर्म तथा जातिको महलमा आफनो प्रतिनिधित्वलाई समावेश गराउने जोड दिने उद्देश्यले केन्द्रीय कार्यक्रम अनुसार जिल्लाको विर्तामोड र दमकमा सो कार्यक्रमको आयोजना गरिएको चुम्लुङ जिल्ला अध्यक्ष फियाकले वताएका छन् ।

चुम्लुङकी केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङका अनुसार सो अभियान यतिखेर पूर्वी लिम्बूवानी क्षेत्रमा धमाधम जनचेतनामूलक अभियान भईरहेका छन् । राष्ट्रिय जनगणना नजिकिएसंगै चुम्लुङ लिम्बु बाहुल क्षेत्रमा धर्मको महलमा किरात धर्म लेख्न अभियान सञ्चालनमा रहेको उनले वताईन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...