मुसाहाङ् अम्याङ्साको हाइकु सङ्गह ‘मुक्तु’ विमोचन

 लिम्बुवान न्युज
                       

दमक, चैत १२/मुसाहाङ् अम्याङ्साको लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति हाइकु सङ्ग्रह ‘मुक्तु’ विमोचन भएको छ । आज झापाको दमकस्थित एस.जी. होटलको सभाहलमा याक्थुङ् साहित्यकार पुष्पहाङ् लोरिङ्देन लोवाको प्रमुख आतिथ्यतामा सङ्ग्रहको विमोचन भएको हो ।

कृति विमोचन कार्यक्रममा बोल्दै साहित्यकार लोवाले मुक्तु हाइकु सङ्ग्रह भित्र रहेका सिद्धान्तनत् हाइकु जापानी परम्परागत काव्य साहित्यबाट फैलिएको तीन हरफको छोटो, मिठो, कसिलो र रसिलो कविता संरचनाबद्वताको १७ अक्षरीय रुपमा पाँच सात पाँच वर्णका शब्दहरुको मात्रा मिलाएर पूर्ण अभिव्यक्ति दिने स्वतन्त्र विधाको रुप हो ।

नेपाली नयाँ पुस्ताका कविहरुले वि.संं २०१९ सालमा जापानी साहित्यको स्वाद लिई लेख्न सुरु गरेको इतिहास छ तर लिम्बू भाषाबाट भने केही पत्रपत्रिकामा मात्रै प्रकाशित हुँदै आएको थियो । वि.सं. २०६२÷०६३ सालदेखि नेपाली तथा लिम्बू साहित्यमा कलम चलाउन थालेका अम्याङ्साको कृति याक्थुङ् साहित्य प्रतिष्ठान झापाले प्रकाशन गरेको हो । कृति भित्र किरात सिरिजङ्गा लिपीबाट दुई सय ५५ वटा हाइकुहरु समावेश छन् । यो नै याक्थुङ् (लिम्बू) भाषामा प्रकाशन भएको पहिलो कृति भएको बताए ।

लेखक/सञ्चारकर्मी अम्याङ्साले संक्षिप्त किरात इतिहास तथा आथरेहाङ् मुसाहाङ् लिम्बू बंशावली दस्तावेज २०७४ लगायत विगतमा लिम्बू/नेपाली साहित्यमा हाइकु तांका रुबाइ, गजल फुटकर सिर्जनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित रहेका थिए । लेखकद्धारा केही हाइकुहरु समेत वाचन गरेका थिए । स्रष्टा लिम्बू/नेपाली भाषाबाट प्रकाशित नाम्गेत लिम्बुवान र पोक्लाबाङ् पत्रिकाको प्रकाशक/प्रधान सम्पादक हुन् ।

विमोचन कार्यक्रम याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी सेनाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्रतिष्ठान महासचिव सेसेहाङ् फियाकले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...