नेपाल थ्री नेसन्स कप फूटबलको फाइनलमा

 लिम्बुवान न्युज
                       

काठमाडौं, १४ चैत्र । बंगलादेशसँग गोल रहति बराबरी खेल्दै नेपाल थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले शनिबार बंगलादेशसँग बराबरी खेलेको हो ।

नेपाल र बंगलादेशको फाइनल खेल सोमबार हुनेछ । पहिलो खेलमा पनि नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने किर्गिस्तानलाई १–० ले पराजित गरेको थियो ।

नेपालले गोल नगरेको यो छैटौं अन्तर्राष्ट्रिय खेल हो । पछिल्लो पटक नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध २–० को जित हात पार्दा अन्जन विष्टले दुवै गोल गरेका थिए । त्यसयता नेपालले गोल गर्न नसकेको ५६८ मिनेट भएको छ ।

दशरथ रंगशालमा किर्गिस्तानविरुद्ध खेलेको भन्दा सुधारिएको प्रदर्शन गरेपनि नेपालले गोल गर्न सकेन । नेपालले सुरुवाती दश मिनेट बलमा पकड जमाएपनि पहिलो एटेम्टका लागि २० मिनेट कुर्नुप¥यो । त्रिदेव गुरुङले उपलब्ध गराएको क्रसमा २१औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाभित्रबाट हानेको फ्रि हेडर पोष्टमाथिबाट बाहिरियो ।

३७औं मिनेटमा बंगलादेशका इमोनको हेडर दिनेश राजवंशीले गोललाइन अगाडिबाट क्लियर गरेका थिए । ४०औं मिनेटमा कप्तान जमल भुयनले ३० यार्डबाट प्रहार गरेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरेपनि सफल हुन सकेन । ६५औं मिनेटमा रन्जित धिमालको क्रसमा अभिषेक रिजालले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको हेडरले पोष्टको दिशा लिन सकेन भने ८२औं मिनेटमा दर्शक गुरुङ चुके ।

तीन नयाँ अनुहारको अन्तर्राष्ट्रिय डेब्यु

बंगलादेशविरुद्ध खेल्दै नेपालका तीन खेलाडीले आधिकारिक अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका छन् । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किर्गिस्तानको ओलम्पिक टिमविरुद्ध खेलेकै टिमलाई बंगलादेशविरुद्ध निरन्तरता दिएका थिए । मिडफिल्डरद्वय सन्जोग राई र त्रिदेव गुरुङले सुरुवाती रोजाइमा खेल्दै पहिलो पटक आधिकारिक अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे ।

यसअघि किर्गिस्तानविरुद्ध खेले पनि त्यो आधिकारिक अन्तर्राष्ट्रिय खेल थिएन । यस्तै निशान खड्काले दोस्रो हाफमा मैदान प्रवेश गर्दै आधिकारिक खेलमा डेब्यु गरे । अघिल्लो खेलमा पनि अन्तिम समयमा मैदान प्रवेश गरेका निशान ७१औं मिनेटमा रन्जित धिमालको स्थानमा मैदान प्रवेश गर्दै आधिकारिक खेलमा डेब्यु गरे ।

बंगलादेशबाट पनि दुई खेलाडी इमोन र मेहदी हसनले डेब्यु गरेका थिए ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...