कियाचु पाँचथरको अध्यक्षमा महेन्द्र कुमार आङदेम्बे

 लिम्बुवान न्युज
                       

नव निर्वाचित अध्यक्षः- महेन्द्र कुमार आङदेम्बे

फिदिम। ‘लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ सम्पन्न किरात याक्थुङ चुम्लुङ पान्थरको आठौं जिल्ला अधिबेशनले अध्यक्षमा महेन्द्र कुमार आङदेम्बेलाई निर्वाचत गरेको छ । आज सर्वसहमतिमा समिति चयन गरिएको प्राध्यापक मधुराज केरुङ्ले जनाएका छन् ।

निर्वाचित समितकिो उपाध्यक्षमा सुरेन शिशिर केरुङ, सचिवमा सुबास तुम्बापो, सहसचिवमा पदम मेयोङ्बा, कोषाध्यक्षमा सीमा तुम्बापो, सदस्यहरुमा क्रमशः सन्देश सुब्बा, टिकामाया नेम्बाङ, कमल हाङ्सरुम्बा, जितेन चेम्जोङ, मनकुमार आङ्देम्बे, रोशन लावती, घनेन्द्रकुमार सेर्मा, उपेन्द्र येक्तेन, नरेश काम्बाङ, गर्जमान नेम्बाङ, गणेश तुम्रोक, इन्दिरा मेयोङ्हाङ, सम्झना योङ्हाङ, निर्मला आङ्थुपो, मोतिहाङ केरुङ र सम्झना थोक्लिहाङ निर्वाचित भएका छन् ।

त्यसैगरी चुम्लुङ् राष्ट्रिय परिषद सदस्यमा नरेन्द्रराज केरुङ, रघुबीर नेम्बाङ र सागर केरुङ चयन भएका छन् । त्यसैगरी जिल्ला परिषद सदस्यहरुमा नारायणप्रसाद नेम्बाङ, पुर्ण जबेगु, कुमार यवा मौसम, सुर्यकला कन्दङ्वा, सुक्मिता केरुङ, टिकाध्वज आङ्देम्बे र प्रतिमा आङ्देम्बे चयन भएका छन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;