कियाचु पाँचथरको अध्यक्षमा महेन्द्र कुमार आङदेम्बे

 लिम्बुवान न्युज
                       

नव निर्वाचित अध्यक्षः- महेन्द्र कुमार आङदेम्बे

फिदिम। ‘लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ सम्पन्न किरात याक्थुङ चुम्लुङ पान्थरको आठौं जिल्ला अधिबेशनले अध्यक्षमा महेन्द्र कुमार आङदेम्बेलाई निर्वाचत गरेको छ । आज सर्वसहमतिमा समिति चयन गरिएको प्राध्यापक मधुराज केरुङ्ले जनाएका छन् ।

निर्वाचित समितकिो उपाध्यक्षमा सुरेन शिशिर केरुङ, सचिवमा सुबास तुम्बापो, सहसचिवमा पदम मेयोङ्बा, कोषाध्यक्षमा सीमा तुम्बापो, सदस्यहरुमा क्रमशः सन्देश सुब्बा, टिकामाया नेम्बाङ, कमल हाङ्सरुम्बा, जितेन चेम्जोङ, मनकुमार आङ्देम्बे, रोशन लावती, घनेन्द्रकुमार सेर्मा, उपेन्द्र येक्तेन, नरेश काम्बाङ, गर्जमान नेम्बाङ, गणेश तुम्रोक, इन्दिरा मेयोङ्हाङ, सम्झना योङ्हाङ, निर्मला आङ्थुपो, मोतिहाङ केरुङ र सम्झना थोक्लिहाङ निर्वाचित भएका छन् ।

त्यसैगरी चुम्लुङ् राष्ट्रिय परिषद सदस्यमा नरेन्द्रराज केरुङ, रघुबीर नेम्बाङ र सागर केरुङ चयन भएका छन् । त्यसैगरी जिल्ला परिषद सदस्यहरुमा नारायणप्रसाद नेम्बाङ, पुर्ण जबेगु, कुमार यवा मौसम, सुर्यकला कन्दङ्वा, सुक्मिता केरुङ, टिकाध्वज आङ्देम्बे र प्रतिमा आङ्देम्बे चयन भएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...