आजबाट चार दिन शैक्षिक संस्था बन्द रहने

 लिम्बुवान न्युज
                       

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था आजबाट चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

गत शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको हुँदा हावाले पानी पार्ने बादलको ठाउँमा धुलो धुवा ल्याएको हुँदा विद्यार्थीहरुमा गम्भीर समस्या आउँने भन्दै जल तथा मौसमविद्हरुको भनाईलाई आधार मानेर मन्त्रालयले यो निर्णय गरेको जनाइएको छ ।

सुख्खाका कारण देशका विभिन्न स्थानमा डढेलोको घटना बढेसँगै वायु प्रदूषण पनि बढेको बताइएको छ । प्रदूषण कम नभएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।
अब सबै शिक्षण संस्था अर्को आइतबारबाटमात्र सञ्चालन ल्याउने मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विषम परिस्थितिका कारण तत्काल निर्णय गर्नुपरेको बताए । हिमाल तथा पहाडी जिल्लाहरुमा वायु प्रदुषण नभएतापनि छोटो समयको लागि भएको हुँदा देशभरि एकरुपता दिन यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

शिक्षणसंस्था बन्द गर्ने मन्त्रालयको निर्णयप्रति सरोकारवाला निकायहरुले असन्तुष्टि जनाएका छन् । केही भागमा देखिएको प्रदूषणका कारण देशभर एउटै निर्णय गर्न नहुने उनीहरुको भनाइ छ ।
नेपाल अभिभावक महासंघ, संस्थागत विद्यालयहरुको संस्था प्याब्सन र एन–प्याब्सन लगायतले असन्तुष्टि जनाएका हुन् । उनीहरुले कोरोना प्रकोपले शिथिल बनेको शिक्षा क्षेत्रमा फेरि थप शंकट पैदा हुनेमा चिन्ता व्यक्त गरेका छन् ।

 

सम्बन्धित समाचार

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...

मुक्कुमलुङमा केवलकार निर्माण खारेज हुने सङ्केत

दमक, १६ जेठ । ताप्लेजुङको मुकुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजना खारेजी हुने संकेत देखिएको छ। नेपाल सरकारले परियोजनालाई अगाडि नबढाउने तयारी गरिरहेको चर्चा अहिले व्यापक बनेको छ। सन् २०१५ मा "पाथीभरा देवी दर्शन...

माङसेबुङ ‘लिम्बु भाषा’लाई सरकारी कामकाजी भाषा घोषणा गर्ने बन्यो पहिलो पालिका

दमक, १५ जेठ । प्रदेश नं. १ को इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषा घोषणा गरेको छ । मंगलबार पालिका प्राङ्गणमा एक कार्यक्रमकाको आयोजना गर्दै पालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी...

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...