आजबाट चार दिन शैक्षिक संस्था बन्द रहने

 लिम्बुवान न्युज
                       

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था आजबाट चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

गत शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको हुँदा हावाले पानी पार्ने बादलको ठाउँमा धुलो धुवा ल्याएको हुँदा विद्यार्थीहरुमा गम्भीर समस्या आउँने भन्दै जल तथा मौसमविद्हरुको भनाईलाई आधार मानेर मन्त्रालयले यो निर्णय गरेको जनाइएको छ ।

सुख्खाका कारण देशका विभिन्न स्थानमा डढेलोको घटना बढेसँगै वायु प्रदूषण पनि बढेको बताइएको छ । प्रदूषण कम नभएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।
अब सबै शिक्षण संस्था अर्को आइतबारबाटमात्र सञ्चालन ल्याउने मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विषम परिस्थितिका कारण तत्काल निर्णय गर्नुपरेको बताए । हिमाल तथा पहाडी जिल्लाहरुमा वायु प्रदुषण नभएतापनि छोटो समयको लागि भएको हुँदा देशभरि एकरुपता दिन यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

शिक्षणसंस्था बन्द गर्ने मन्त्रालयको निर्णयप्रति सरोकारवाला निकायहरुले असन्तुष्टि जनाएका छन् । केही भागमा देखिएको प्रदूषणका कारण देशभर एउटै निर्णय गर्न नहुने उनीहरुको भनाइ छ ।
नेपाल अभिभावक महासंघ, संस्थागत विद्यालयहरुको संस्था प्याब्सन र एन–प्याब्सन लगायतले असन्तुष्टि जनाएका हुन् । उनीहरुले कोरोना प्रकोपले शिथिल बनेको शिक्षा क्षेत्रमा फेरि थप शंकट पैदा हुनेमा चिन्ता व्यक्त गरेका छन् ।

 

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...