फाकफोकथुम अध्यक्ष कप फूटबल आजबाट शुरु, सोह्र टिम सहभागी

 लिम्बुवान न्युज
                       

इलाम। इलामको फाकफोकथुम ४ लिम्बुगाउँमा आजबाट अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु हुने भएको छ । आजबाट बैशाख १ गतेसम्म खेल हुने उक्त प्रतियोगितामा १६ टिम सहभागी भएको आयोजिक फुङ्वा यूवा क्लवका अध्यक्ष फुर्सद लिम्बुले बताएका छन् ।

१ लाख पुरस्कार राशीको उक्त फूटबल प्रतियोगितामा दोस्रो पुरस्कार राशी ५० हजार रहेको छ । उक्त प्रतियोगितामा आयोजक टिम सहित चौवन्दी युवा क्लव एकतप्पा, ब्लक स्टार फाकतेप, बरभञ्ज्याङ युथ क्लव, देउमान नगरपालिका, महाभारा एफ सी कुरुम्बा, सिरिजङ्गा युथ क्लव आमचोक, रानावारी युवा क्लव आमचोक, एन टि सी फुएतप्पा, मिरमिरे फूटबल क्वल जीतपुर, लुम्दे एफ.सी., राइजिङ स्पोर्टिङ क्लब रविबजार, के.एफ.सी. लुङसुङदाङ, आङ्ना पाँचथर, माङसेबुङ–१, गजरमुखी र योङ व्इज क्लव साखेजङ नेपालटार रहेका छन् ।

उक्त अध्यक्ष कपमा प्रथम र दोस्रो हुने खेलाडीहरुले ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, गोलकिपर, डिफेन्स र मिडफिल्डरले ट्रफी पाउने उक्त खेलका आयोजक एवं सामाजिक अभियन्ता दिपक योङहाङ्ले बताए ।

आज (आइतबार) फाकफोकथुम गाउँपालिकाका अध्यक्ष राम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिने जनाइएको छ । आज उद्घाटन खेलमा आयोजक फुङ्वा युवा क्लव विरुद्ध चौबन्दी युवा क्लव बिच हुनेछ भने दोस्रो खेल ब्लक स्टार विरुद्ध ब्राइट स्टार बिच हुने बताइएको छ ।

२०७८ वैशाख १ गते नयाँ बर्षको दिन फाइनल खेलसँगै खेल सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...