भुटानी बृद्धबृद्धा शरणार्थीहरुले कोरोना विरुद्धको खोप लगाए

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। कोभिड– १९ विरुद्धको राष्ट्रिय खोप अभियान अन्तर्गत नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई कोरोना खोप लगाइएको छ ।
६५ बर्ष माथिका ज्येष्ठहरुलाई सरकारले लगाउने खोप अभियान कार्यक्रम अन्तर्गत झापा र मोरङमा बस्दैआएका ६५ बर्ष माथिका ६६८ जना वृद्धवृद्धाहरुलाई खोप लगाइएको हो ।

दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा यसैसाता सञ्चालन भएको दोश्रो चरण खोप अभियानमा सो संख्याका शरणार्थीहरुले खोप लगाएको शिविर व्यवस्थापन समितिले जनाएको छ ।

खोप आपूर्तिभए अन्य शरणार्थीहरुलाई पनि क्रमशः खोप लगाउँदै जाने तयारी रहेको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको कार्यालयले जनाएको छ । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा शरणार्थीहरुलाई पनि समेटेर खोप लगाउने हालसम्म नेपाल पहिलो देश बनेको बताइएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेज हुने सङ्केत

दमक, १६ जेठ । ताप्लेजुङको मुकुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजना खारेजी हुने संकेत देखिएको छ। नेपाल सरकारले परियोजनालाई अगाडि नबढाउने तयारी गरिरहेको चर्चा अहिले व्यापक बनेको छ। सन् २०१५ मा "पाथीभरा देवी दर्शन...

माङसेबुङ ‘लिम्बु भाषा’लाई सरकारी कामकाजी भाषा घोषणा गर्ने बन्यो पहिलो पालिका

दमक, १५ जेठ । प्रदेश नं. १ को इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषा घोषणा गरेको छ । मंगलबार पालिका प्राङ्गणमा एक कार्यक्रमकाको आयोजना गर्दै पालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी...

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...