भुटानी बृद्धबृद्धा शरणार्थीहरुले कोरोना विरुद्धको खोप लगाए

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। कोभिड– १९ विरुद्धको राष्ट्रिय खोप अभियान अन्तर्गत नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई कोरोना खोप लगाइएको छ ।
६५ बर्ष माथिका ज्येष्ठहरुलाई सरकारले लगाउने खोप अभियान कार्यक्रम अन्तर्गत झापा र मोरङमा बस्दैआएका ६५ बर्ष माथिका ६६८ जना वृद्धवृद्धाहरुलाई खोप लगाइएको हो ।

दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा यसैसाता सञ्चालन भएको दोश्रो चरण खोप अभियानमा सो संख्याका शरणार्थीहरुले खोप लगाएको शिविर व्यवस्थापन समितिले जनाएको छ ।

खोप आपूर्तिभए अन्य शरणार्थीहरुलाई पनि क्रमशः खोप लगाउँदै जाने तयारी रहेको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको कार्यालयले जनाएको छ । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा शरणार्थीहरुलाई पनि समेटेर खोप लगाउने हालसम्म नेपाल पहिलो देश बनेको बताइएको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...