गजरमुखीको जीतसँगै फाकफोकथुम अध्यक्ष कपको पहिलो चरण सकियो

 लिम्बुवान न्युज
                       

इलाम। फाकफोकथुममा जारी अध्यक्ष कपको पहिलो चरणका सबै खेल सकिएको छ । मंगलबार गजरमुखी पर्यटन विकास बोर्डले माङसेबुङ १ लाई २–० गोल अन्तरले पराजित गर्दै अध्यक्ष कप फूटलब खेलको पहिलो चरण सकिएको आयोजकले जनाएको छ ।

गत चैत्र २० गते देखि संचालित फूटबल खेलमा जम्मा १६ टिम सहभागी छन् । सोमबार भएका दुई खेलमा नै भएको पहिलो खेलमा योङ वाइज एफसी साखेजुङ नेपालटारले केएफसी लुङसुङदाङलाई ४–० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । त्यसैगरी दोस्रो खेलमा मिरमिरे फूलबल क्लबले श्रीजंगा फूटबल क्लब आमचोक रातमाटेलाई ३–० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको खेल आयोजक दिपक योङहाङ्ले बताए । यो सँगै ८ टिम घर फर्किएका छन् ।

बुधबारबाट दोस्रो चरणका खेलहरु शुरु हुने संयोजक फुर्सद लिम्बुले बताए । फाइनल खेल आगामी बैशाख १ गते नयाँ बर्षको दिन सम्पन्न हुने आयोजकले जनाएको छ । अध्यक्ष कप विजेताले नगद १ लाख पुरस्कार पाउनेछन् भने उपविजेताले ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...