फाकफोकथुम अध्यक्ष कपको ३ क्वाटरफाइनल खेल सम्पन्न, आज अन्तिम क्वाटरफाइनल खेल हुँदै

 लिम्बुवान न्युज
                       

इलाम। इलामको फाकफोकथुममा जारी अध्यक्ष कप फूटबल प्रतियोगिताका तीन वटा क्वाटर फाइनल खेल सकिएको छ । शुक्रबार मिरमिरे स्पोर्टिङ क्लब जीतपुर र माहाभारा एफसी कुरुम्बा बिच भएको खेलसँगै तीन खेल सकिएको हो ।

मिरमिरे र माहाभारा बिचको निक्कै नै प्रतिस्पर्धात्मक खेलमा माहाभारा एफसीले बाजी मारेको छ । खेलको निर्धारित समयमा माहाभाराले ५ को विरुद्ध २ गोल अन्तरले खेल जितेको छ । जितसँगै माहाभारा एफसी कुरुम्बा सेमिफाइनलमा प्रवेश गरेको छ ।

लुम्दे एफसी विरूद्ध एनएसटी तालखर्क

यसरी नै विहिबार भएको खेलमा लुम्दे एफसी र एनएकटी तालखर्क फुएतप्पा बिचको निक्कै नै रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय गोल रहित बराबरमा टुङ्गिएपछि ट्राइबेकरमा लुम्दे एफसी विजयी भएको छ । लुम्दे एफसीले ४–३ गोल अन्तरले एनएसटी तालखर्कलाई सेमिफाइनल पुग्न रोकेको छ ।

फुङवा यूवा क्लब विरूद्ध ब्लाक स्टार काेल्बाेटे

यस्तै पहिलो क्वाटर फाइनल खेलमा आयोजक फुङ्वा युवा क्लव सेमिफाइनलमा पुगेको छ । आयोजक फुङ्वाले ब्लाक स्टार कोल्बोटेलाई ४–३ को गोल अन्तरले रोकेको हो ।

आज हुने अन्तिम क्वाटरफाईनल खेलसँगै भोलि देखि सेमी फाइनल खेल संचालन हुने आयोजक दिपक योङ्हाङ्ले जानकारी दिएका छन् । आजको अन्तिम खेल योङ बोइज स्पोर्टिङ क्लब साखेजुङ र गजरमुखी पर्यटन विकास वोर्ड माङ्सेबुङ बिच हुनेछ । आजको अन्तिम खेलसँगै सेमीफाइनल खेल आइतबारबाट शुरु हुने भएको छ । आइतबार आयोजक फूङ्वा र माहाभारा एफसी बिच खेल हुने छ भने त्यसैगरी सोमबार लुम्दे एफसी र आजको विजेता टिम विच अन्तिम सेमीफाइनल खेल हुने खेल संयोजक फुर्सद लिम्बुले बताए ।

फाइनल खेल निर्धारित वैशाख १ गते नयाँ बर्षको दिन विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथ भव्य रुपले सम्पन्न गरिने आयोजक फुङ्वा युवा क्लबले जनाएको छ । करिब १० लाख रुपैयाँ खर्च हुने उक्त प्रतियोगितामा प्रथम हुनेले १ लाख हात पार्नेछ भने दोस्रो हुनेले ५० हजारमा चित्त बुझाउनु पर्ने छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...