छैठौं संस्करणको विराट गोल्डकपको उपाधी एपीएफलाई

 लिम्बुवान न्युज
                       

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौंले जितेको छ । शनिबार विराटनगर स्थित सहिद मैदानमा सम्पन्न फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफि उचालेको छ ।

खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोलले नै टिमलाई छैठौं संस्करणको विराट गोल्डकपको उपाधि दिलाउन सफल भएको हो । खेलका नायक एपीएफका प्रदिप लामाको निर्णायक गोलले नै खेल जितेको हो । पंजावको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले उपाधि चुम्न सफल भएको छ ।

दोस्रो हाफदेखि आक्रमक शैलीमा मैदान प्रवेश गरेको पंजावले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपविजेता बनेको पंजावले ७ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगिताको म्यान अफ द टुनामेन्ट घोषित भएका एपीएफका आशिष लामाले मोटरसाइकल पाएका छन् । एपीएफका प्रदीप लामा म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार पाए । बेस्ट गोलकिपरमा एपीएफका राजु नगरकोटी भए । यस्तै बेस्ट डिफेन्डर सशस्त्र प्रहरीका सनिश श्रेष्ठ, बेस्ट मिड फिल्डर एपीएफका मणि लामा घोषित भए । हाइस्कोर भने विराटनगर ११ का प्रकाश बुढाथोकी घोषित भए । उनले खेल अवधिभरीमा ४ गोल गरेका थिए । एपीएफका सुमित श्रेष्ठले बेस्ट कोच अवार्ड जितेका छन् । बेस्ट स्टाइगरमा संकटाका क्लब काठमाडौंका फोडे फोफना घोषित भए । उनीहरू सबैले जनही २५ हजार रुपैयाँ पाएका छन् । फिफा अनुशासित टिममा विराटनगर महानगरपालिका ११ घोषित भयो ।

विजयी हुने टिम र खेलाडीहरूलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, राष्ट्रिय खेलकुद परिषद सदस्य हरि खड्का, विराट गोल्डकपका संयोजक मनोज विक्रम साहलगायतले पुरस्कार तथा ट्रफि वितरण गरेका छन् ।

एफीएफको यो सिजनको दोस्रो उपाधि हो । यस अघि चौथो गोलबजार गोल्डकपको उपाधि जितेको छ । गोलबजार गोल्कडपमा फाइलनमा आयोजक टिमलाई ४–० गोलले हराउँदै एपीएफ च्याम्पियन बनेको थियो ।

 

सम्बन्धित समाचार

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...

धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ प्रदर्शन हुने

दमक, १८ मङ्सिर ।  लिम्बू पालामी चलचित्र 'मिम्लेन् फूङ्' धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान आठ १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो |...

आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् । किरात जातीहरु लिम्बुले...

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...