छैठौं संस्करणको विराट गोल्डकपको उपाधी एपीएफलाई

,   लिम्बुवान न्युज
                       

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौंले जितेको छ । शनिबार विराटनगर स्थित सहिद मैदानमा सम्पन्न फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफि उचालेको छ ।

खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले खेलको ११ औं मिनेटमा गरेको निर्णायक गोलले नै टिमलाई छैठौं संस्करणको विराट गोल्डकपको उपाधि दिलाउन सफल भएको हो । खेलका नायक एपीएफका प्रदिप लामाको निर्णायक गोलले नै खेल जितेको हो । पंजावको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै एपीएफले उपाधि चुम्न सफल भएको छ ।

दोस्रो हाफदेखि आक्रमक शैलीमा मैदान प्रवेश गरेको पंजावले बारम्बार गोल गर्ने अवसर चुकाउँदा उपविजेता बनेको पंजावले ७ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगिताको म्यान अफ द टुनामेन्ट घोषित भएका एपीएफका आशिष लामाले मोटरसाइकल पाएका छन् । एपीएफका प्रदीप लामा म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार पाए । बेस्ट गोलकिपरमा एपीएफका राजु नगरकोटी भए । यस्तै बेस्ट डिफेन्डर सशस्त्र प्रहरीका सनिश श्रेष्ठ, बेस्ट मिड फिल्डर एपीएफका मणि लामा घोषित भए । हाइस्कोर भने विराटनगर ११ का प्रकाश बुढाथोकी घोषित भए । उनले खेल अवधिभरीमा ४ गोल गरेका थिए । एपीएफका सुमित श्रेष्ठले बेस्ट कोच अवार्ड जितेका छन् । बेस्ट स्टाइगरमा संकटाका क्लब काठमाडौंका फोडे फोफना घोषित भए । उनीहरू सबैले जनही २५ हजार रुपैयाँ पाएका छन् । फिफा अनुशासित टिममा विराटनगर महानगरपालिका ११ घोषित भयो ।

विजयी हुने टिम र खेलाडीहरूलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, राष्ट्रिय खेलकुद परिषद सदस्य हरि खड्का, विराट गोल्डकपका संयोजक मनोज विक्रम साहलगायतले पुरस्कार तथा ट्रफि वितरण गरेका छन् ।

एफीएफको यो सिजनको दोस्रो उपाधि हो । यस अघि चौथो गोलबजार गोल्डकपको उपाधि जितेको छ । गोलबजार गोल्कडपमा फाइलनमा आयोजक टिमलाई ४–० गोलले हराउँदै एपीएफ च्याम्पियन बनेको थियो ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;