वैशाख ९ गते नेपाली आकाशमा उल्का बर्षाको रमाइलो दृश्य देखिदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। वैशाख ९ गते (भोलि) राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने भएको छ । नेपाली आकास सफा रहेमा र मौसमले साथ दिएमा नेपालीले यो वर्षा देख्न पाउने भएका हुन् ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख ९ गते राति ११ः०० बजेदेखि वैशाख १० गते बिहान सूर्योदयसम्मको समयमा उच्च देखिने जनाएको छ ।

सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार वैशाख १७ गतेसम्म सक्रिय रहने उल्का वर्षा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म अत्यधिक रहने छ ।
‘थ्याचर’ नामक पुच्छ्रेताराले छाडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छ्रेताराले सूर्यको एक परिक्रमा गर्न ४१५ वर्ष लगाउँछ । अत्यधिक सक्रियताका समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ ।

पुच्छ्रेतारा वा धुमकेतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छाड्ने गर्छन् । सो क्रममा फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धुलाका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...