माङसेबुङ । इलाम माङसेबुङ ६ को पारुहाङ खेलमैदानमा जारि वडास्तरिय फूटबल प्रतियोगिताको पुरक्ष तर्फको उपाधी वडा नं. ३ र महिला तर्फको उपाधी वडा नं. ६ ले चुमेको छ ।
आज (बुधबार) उपाधिका लागि भएको पुरुष तर्फको खेलमा माङसेबुङ ६ लाई २–१ ले पराजित गर्दै माङसेबुङ ३ ले उपाधि चुमेको हो ।
त्यसरी नै निक्कै नै प्रतिस्पर्धात्मक भएको महिला तर्फको खेलमा माङ्सेबुङ २ लाई १–० ले पराजित गर्दै माङसेबुङ ६ ले उपाधि आफ्नो पोल्टामा पर्न सफल भएको छ ।
उपाधि चुमे संगै महिला तर्फ विजेता माङसेबुङ ६ ले नगद पुरुस्कार ३० हजार सहित ट्रफी मेडल तथा प्रमाण–पत्र हात पारेका छन् । उपविजेता माङसेबुङ २ ले भने नगद पुरुस्कार २० हजार सहित ट्रफी मेडल तथा प्रमाण–पत्रमा चित्त बुझाएका छन् ।
यसरीनै पुरुष तर्फ विजेता माङसेबुङ ३ ले नगद पुरुस्कार ३० हजार सहित ट्रफी मेडल तथा प्रमाण–पत्र हात पारेका छन् भने उपविजेतामा चित्त बुझाएको माङसेबुङ ६ ले नगद पुरस्कार २० हजार सहित ट्रफी मेडल तथा प्रमाण पत्रका छन् ।
महिला तर्फ प्रतियोगिताको बेस्ट किपर सबिना राई, बेस्ट प्लेयर बिनिता राई, बेस्ट डिफेण्डर लक्ष्मी राई, हाई स्कोर सुमिका राई र उदयीमान खेलाडी सुनिता राई घोषित भएका छन् ।
यस्तै पुरुष तर्फको बेस्ट किपर बिसाल लिम्बु, बेस्ट खेलाडी जीदान राई, बेस्ट डिफेण्डर रोनिस राई, हाई स्कोर योगेन्द्र राई र उदयीमान खेलाडी निर्मल राई घोषित भएका छन ।
माङसेबुङमा जारी पुरुष तथा महिला फुटबल प्रतियोगिताको समापन समारोह प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम बहादुर रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको आयोजक समितिका सचिव धडकन सङबाङफेले बताए् ।
माङसेबुङ् खेलकुद विकास समिति र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन हुदै आएको छ ।
माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगिता संचालन गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।
दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...
मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...
ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...
काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...