माङसेबुङ । इलाम माङसेबुङ ६ को पारुहाङ खेलमैदानमा जारि वडास्तरिय फूटबल प्रतियोगिताको पुरक्ष तर्फको उपाधी वडा नं. ३ र महिला तर्फको उपाधी वडा नं. ६ ले चुमेको छ ।
आज (बुधबार) उपाधिका लागि भएको पुरुष तर्फको खेलमा माङसेबुङ ६ लाई २–१ ले पराजित गर्दै माङसेबुङ ३ ले उपाधि चुमेको हो ।
त्यसरी नै निक्कै नै प्रतिस्पर्धात्मक भएको महिला तर्फको खेलमा माङ्सेबुङ २ लाई १–० ले पराजित गर्दै माङसेबुङ ६ ले उपाधि आफ्नो पोल्टामा पर्न सफल भएको छ ।
उपाधि चुमे संगै महिला तर्फ विजेता माङसेबुङ ६ ले नगद पुरुस्कार ३० हजार सहित ट्रफी मेडल तथा प्रमाण–पत्र हात पारेका छन् । उपविजेता माङसेबुङ २ ले भने नगद पुरुस्कार २० हजार सहित ट्रफी मेडल तथा प्रमाण–पत्रमा चित्त बुझाएका छन् ।
यसरीनै पुरुष तर्फ विजेता माङसेबुङ ३ ले नगद पुरुस्कार ३० हजार सहित ट्रफी मेडल तथा प्रमाण–पत्र हात पारेका छन् भने उपविजेतामा चित्त बुझाएको माङसेबुङ ६ ले नगद पुरस्कार २० हजार सहित ट्रफी मेडल तथा प्रमाण पत्रका छन् ।
महिला तर्फ प्रतियोगिताको बेस्ट किपर सबिना राई, बेस्ट प्लेयर बिनिता राई, बेस्ट डिफेण्डर लक्ष्मी राई, हाई स्कोर सुमिका राई र उदयीमान खेलाडी सुनिता राई घोषित भएका छन् ।
यस्तै पुरुष तर्फको बेस्ट किपर बिसाल लिम्बु, बेस्ट खेलाडी जीदान राई, बेस्ट डिफेण्डर रोनिस राई, हाई स्कोर योगेन्द्र राई र उदयीमान खेलाडी निर्मल राई घोषित भएका छन ।
माङसेबुङमा जारी पुरुष तथा महिला फुटबल प्रतियोगिताको समापन समारोह प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम बहादुर रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको आयोजक समितिका सचिव धडकन सङबाङफेले बताए् ।
माङसेबुङ् खेलकुद विकास समिति र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता प्रत्येक वर्ष सञ्चालन हुदै आएको छ ।
माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगिता संचालन गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...