माइक्रोसफ्टका संस्थापक बिल गेट्स र मेलिन्डाको २७ बर्षे वैवाहिक सम्बन्ध तोडियो

 लिम्बुवान न्युज
                       

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सको २७ बर्षे वैवाहिक सम्बन्ध विच्छेद हुने भएको छ । उनीहरुले २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी सामाजिक संजालमार्फत दिएका हुन् ।

बिल गेट्स दम्पत्तीले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा उनीहरुले लेखेका छन्, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

सन् १९८० को दशकको अन्तिमतिर बिल र मेलिन्डाको पहिलो भेट भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । गेट्स दम्पत्तीका तीन सन्तान रहेका छन् ।

दुवै मिलेर चलाउँदै आएका ‘बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन’ भने सम्बन्ध विच्छेद गरे पनि यस फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरुले संजाल मार्फत जनाएका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...