माइक्रोसफ्टका संस्थापक बिल गेट्स र मेलिन्डाको २७ बर्षे वैवाहिक सम्बन्ध तोडियो

 लिम्बुवान न्युज
                       

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सको २७ बर्षे वैवाहिक सम्बन्ध विच्छेद हुने भएको छ । उनीहरुले २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी सामाजिक संजालमार्फत दिएका हुन् ।

बिल गेट्स दम्पत्तीले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा उनीहरुले लेखेका छन्, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

सन् १९८० को दशकको अन्तिमतिर बिल र मेलिन्डाको पहिलो भेट भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । गेट्स दम्पत्तीका तीन सन्तान रहेका छन् ।

दुवै मिलेर चलाउँदै आएका ‘बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन’ भने सम्बन्ध विच्छेद गरे पनि यस फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरुले संजाल मार्फत जनाएका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...