सरकारद्वारा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको तारिफ

 लिम्बुवान न्युज
                       

काठमाडौं, वैशाख १६। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विरुद्धको लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । आज सिंहदरबारमा केन्द्रका अध्यक्ष महावीर पुनसँगको भेटमा उनले केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढका लागि लाग्न आग्रह गरे ।

सरकारका तर्फबाट आविष्कार केन्द्रलाई यथा सक्दो सहयोग गरिने आश्वासन समेत मन्त्री पोखरेलले दिएका छन् । कोभिड–१९ विरुद्धको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको आवश्यक रहेकामा उनले जोड दिए ।

सो अवसरमा केन्द्रका अध्यक्ष पुनले कोभिड–१९ को संकट आउनासाथ आफूहरुले संकटमा सहयोग पु¥याउन ११ प्रकारका विभिन्न सुरक्षा सम्बन्धी सामाग्री तयार गरी निःशुल्क वितरण गरेको र अहिलेसम्म ३८ हजार ५०० थान पिपिई निःशुल्क प्रदान गरिसकेको जानकारी दिए । वैज्ञानिक पुनले वर्तमान संकटकालीनावस्थामा त्यही अनुसारको अध्यादेश र कानून बनाएर भए पनि जनताको जीवन रक्षा गर्न उपप्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...