एनएसएल प्लेअफको पहिलो खेलमा काठमाडौं र धनगढी भिड्दै

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपालमा पहिलो पल्ट आयोजना गरिएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ खेलआजदेखि हुँदैछ । प्लेअफको पहिलो खेल लिगमा शीर्ष दुई स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी एफसी बिच दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

कोरोनाको महामारीका बिच सबै खेल गतिविधि रोकिएको अवस्थामा भईरहेको खेल विना दर्शक जारी रहेको छ । आज हुने काठमाडौं र धनगढीबीचको विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले पनि अर्को अवसर भने पाउनेछ ।

लिगचरणको ६ खेलमा काठमाडौंले सर्वाधिक ४ खेल जित्दै १३ अंक जोडेको थियो । लिगमा काठमाडौंले व्यहोरेको एक मात्र हार धनगढीविरुद्ध नै थियो भने एक खेल बराबरी खेलेको थियो ।

उता धनगढीले ६ मध्ये ३ खेलमा जित हात पार्दा २ खेलमा पराजित भयो भने एक खेल बराबरी खेलेको थियो । धनगढीले १० अंक जोडेको थियो ।

प्लेअफ अघि सोमबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान तथा प्रशिक्षकले जितकै लागि खेल्ने बताए । राष्ट्रिय टिमका कप्तान तथा नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङको नेतृत्वमा धनगढीले खेलिरहेको छ भने राष्ट्रिय टिमका नम्बर दुई गोलकिपर विकेश कुथुको कप्तानीमा काठमाडौंले खेलिरहेको छ । संयोगले दुवै टिमका कप्तान गोलकिपर रहेका छन् ।

काठमाडौंको प्रशिक्षकमा गत चैतमा नेपाललाई थ्री नेशन्स कपको उपाधि दिलाएका बालगोपाल महर्जन छन् । धनगढीको मुख्य प्रशिक्षक युगल किशोर राई रहेपनि नाइजेरियन फुजात तोपले रणनीतिमा साथ दिइरहेका छन् । दुवै टिमका प्रशिक्षकहरुले खेललाई आफ्नो पक्षमा पार्ने प्रि–म्याच कन्फ्रेन्समा बताए ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टमा आयोजना भएको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगको २१ खेलपछि शीर्ष चार स्थानमा रहने टिमहरु प्लेअफका लागि छनोट भएका हुन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...