धनगढी एफसी एनएसएलको फाइनलमा प्रवेश

,   लिम्बुवान न्युज
                       

काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे । काठमाडौंका तेज तामाङले एक गोल फर्काएका थिए तर जितका लागि त्यो सम्भव भएन ।

खेलको निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा मार्की खेलाडी विशाल राईचम्किएपछि धनगढी फाइनल पुगेको हो । खेलको १ सय ८ औं मिनेटमा रमेश दंगालको पासमा अनमार्क रहेका विशालले गोल गर्दै टिमलाई फाइनलको यात्रा तय गराए ।

रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा काठमाडौं आक्रमकरुपमा प्रस्तुत भएका थिए तर गोल गर्ने सुन्दर अवसरहरु गुमाउन पुगेको थियो ।

खेलको दोस्रो हाफ भने खेल थप रोमान्चक बन्यो । ७५औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाएका थिए । विदेशी खेलाडी मेसौकको क्रसमा वान टचमा गोल गरेका थिए । तर, खेलको ७८औं मिनेटमा पुजन उपरकोटीको उत्कृष्ट गोलसँगै धनगढीले बराबरी गोल फर्काएका थिए । फ्रान्कलिनको हेडर पासमा काठमाडौंका गोलकिपर विकेश कुथु अगाडी बढेको फाइदा उठाउदै पुजनले बाइसाइकल गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

खेलमा धनगढीका विदेशी खेलाडी फ्रान्कलिन कुइटे प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार र ट्रफि हात पारेका छन् । त्यसैगरी इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीका सौजन राई चुनिए उनले १० हजार प्राप्त गरे ।

धनगढीसँग पराजित काठमाडौंले अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ । इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ ।

ललितपुर र बुटवलबीचको दोस्रो प्ले अफ बुधबार हुनेछ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;