ललितपुर सिटी एफसी एनएसएलको क्वालिफायरमा प्रवेश

 लिम्बुवान न्युज
                       

काठमाडौं । ललितपुर सिटी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ । आज भएको दोस्रो इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले निर्णायक गोल गरे । खेलको ६१ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाए । मिक्छेन तामाङको क्रसमा अन्जनले डाइभ हान्दै उत्कृष्ट हेडर गोल गरे । ललितपुरको जितमा त्यहिँ गोल निर्णायक बन्यो ।

खेलमा ललितपुरका गोलकिपर अर्पण कार्की प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार र ट्रफी प्राप्त गरेका छन् । यस्तै इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरकै मिक्छेन तामाङ चुनिए । उनले १० हजार प्राप्त गरेका छन् ।

अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग खेल्नेछ । पहिलो इलिमिनेटरमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फर्म्याट अनुसार काठमाडौंले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । बुटवल भने प्रतियोगिताबाट बाहिरिएको छ ।

ललितपुर र काठमाडौंबीचको खेल भोलि (बिहीबार) हुनेछ । यस खेलको विजेताले फाइनलमा धनगढी एफसीसँग खेल्नेछ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...