प्रधानमन्त्रीको सपथ बदर गर्न रिट लिएर कानुनी व्यवसायी पुगे सर्वोच्च अदालत

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनियुक्त भएपछि लिएको सपथ बदर गर्न माग गर्दै रिट लिएर कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् ।

वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक उच्चारण गर्दासमेत ‘प्रतिज्ञा गर्दछुु भन्ने वाक्यांश प्रधानमन्त्रीले त्यो पर्दैन भनी उच्चारण गरेका थिएनन् । प्रधानमन्त्रीले यो शपथको चौतर्फी विरोध भईरहेको छ भने विभिन्न सामाजिक संजालहरुमा प्रधानमन्त्रीको शपथलाई ट्रोल बनाइएको छ ।

प्रधानमन्त्रीको उक्त कार्यको विरुद्धमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजंग केसी रिट लिएर सर्वोच्च पुगेका हुन् । यद्यपि आज (आइतबार) उक्त रिट सर्वोच्चमा दर्ता भएको छैन ।

उनीहरुले शपथमा राष्ट्रपतिले दुई–दुई पटक उच्चारण गरेको शब्द उच्चारण गर्न पर्दैन भनी प्रधानमन्त्रीले राष्ट्रपति र राष्ट्रपति संस्थाको मानमर्दन गरेको भनी बदर गर्न माग गरेका छन् ।

‘राष्ट्रपतिले सपथको ढाँचाबमोजिम सपथ वाक्यांश जे जस्तो पढ्नु हुन्छ सोही बमोजिम नै प्रधानमन्त्रीले सपथग्रहण गर्नुपर्ने हुन्छ । सपथको ढाँचालाई तलमाथि फेरबदल गर्न पाइँदैन । यदि यसो भयो भने संविधान, संविधानवाद, जनताप्रतिको सार्वभौमसत्ता र राष्ट्रप्रतिको निष्ठामाथि नै मानमर्दन हुन पुग्दछ’ सर्वोच्चमा पेश गरिएको रिटमा भनिएको छ ।

शपथको शब्द उच्चारण नगरेर प्रधानमन्त्रीले विधिको शासनप्रतिको प्रतिज्ञा र जवाफदेहिता नमानेकाले त्यसलाई बदर गरिपाउँ र अर्को शपथ नलिएसम्म प्रधानमन्त्री पद यथास्थितिमा राख्न पनि माग गरिएको वरिष्ठ अधिवक्ता ज्ञवालीले भने ।

रिटमा अहिले भइरहेको शपथ कुन कानुन र अभ्यास अन्तर्गत भएको हो भन्ने प्रश्न उठाइएको छ र शपथको ढाँचासम्बन्धी संघीय कानुन बनाउन परमादेश पनि माग गरिएको छ ।

संघीय संसद सदस्य नरहेकालाई पुनः नियुक्त गर्नु संविधान विपरीत हुने पनि रिटमा उल्लेख गरिएको छ । (आजको अनलाइनखबरबाट)

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...