एन्फाद्वारा ३२ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षण शुरु

 लिम्बुवान न्युज
                       

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडी छनौट गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरेका हुन् ।

नेपाल सुपर लिग सकिएको भोलिपल्ट आइतबार प्रशिक्षक अब्दुल्लाहले खेलाडीको नयाँ सूची सार्वजनिक गरेका छन् । आगामी महिना इराकसँग हुने मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट खेलका लागि नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्ने एन्फाले जनाएको छ । नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि खेल्नेछ । छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ ।

बन्द प्रशिक्षणमा पर्न सफल ३२ खेलाडीहरुमा गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की त्यसैगरी डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रजिन धिमाल, गौतम श्रेष्ठ, निशान खड्का, अमित तामाङ, सुमन अर्याल र विकास खवास पर्न सफल भएका छन् ।

यस्तैगरी मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुमन लामा, सुनिल बल, सुरज ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत र रवि पासवान परेका छन् भने फरवार्डमा भरत खवास, अभिषेक रिजाल, अञ्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् ।

नेपालले आगामी जेठ १५ मा सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल इराकको बश्रा रंगशालामा हुनेछ । विश्वकप तथा एसियन कपको छनोटको तयारीका क्रममा मैत्रीपूर्ण खेल हुन लागेको हो । फिफा वरीयतामा नेपालभन्दा इराक १०३ स्थान माथि छ । इराक विश्व वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ ।

इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम कुवेत प्रस्थान गर्नेछ । छनोटअन्तर्गत नेपालले आगामी जुन पहिलो साता जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ। समूहका सबै खेल कुवेतमा हुनेछन् । नेपालले पहिलो खेल ताइपेईसँग ३ जुनमा, दोस्रो खेल जोर्डनसँग ७ जुन र तेस्रो खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्नेछ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...