प्रधानमन्त्रीद्वारा भण्डारीको शालिकमा माल्र्यापण, बरिष्ठ नेता नेपालद्वारा दासढुंगा दुर्घटना छानविनको माग

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। २८औं मदन–आश्रित स्मृति दिवसमा नेकपा एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान पुरानो पार्टी कार्यालय बल्खु (मदननगर)मा अवस्थित मदनभण्डारीको शालिकमा माल्र्यापण गरेका छन् । काेराेना महामारीका कारण सिमित नेताहरुको उपस्थितिमा जवजका निर्माता भण्डारीको शालिकमा माल्र्यापण गर्दै प्रधानमन्त्री ओलीले दासढुंगाको रहस्यमय दुर्घटनाले नेपालको कम्यूनिस्ट आन्दोलनमा एउटा अपुरणिय क्षति र ठूलो धक्का भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले “हामीले संकल्प गरौं कि जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने अठोट गरौं”- भन्नुभयो । २८औं मदन–आश्रित स्मृति दिवसमा अधिकार प्राप्ति, अवसर, सामाजिक न्याय र समानतको सुनिश्चिता भएको समाज निर्माण गर्नुका साथै राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशिल रहन पनि प्रधानमन्त्री ओलीले गर्नुभयो । विभाजित कम्यूनिष्ट आन्दोलनलाई एकीकृत गर्दै राष्ट्रियता, सामाजिक, आर्थिक रुपान्तरण र सामाजवाद निर्माण गर्दै कम्यूनिष्ट पार्टीलाई स्थापित गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न इमान्दार भएर लाग्न सबै नेता कार्यकर्ताहरुमा निर्देशन दिएका छन् ।

यसैगरी नेकपा (एमाले) का बरिष्ठ नेता माधव नेपालले २८ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै जनताको बहुदलिय जनवादले अघि सारेका लोकतान्त्रिक मूल्य मान्यतालाई स्वयंले कति आत्मसात् गरिरहेका छौँ भनी प्रश्न गरेका छन् । उनले अध्यक्ष तथा प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै उक्त प्रश्न गरेका हुन् ।

नेता नेपालले ‘जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताको रुपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य–मान्यतालाई स्वंयम् हामीले आत्मसात गरीरहेका छौँ कि छैनौं भनेका छन् । उनले अहिले मदन भण्डारी र जीवराज आश्रितले परिकल्पना गरेको सुन्दर, शान्त, समृद्ध, सामाजिक न्याय र समानतायुक्त नेपालको सपना साकार पार्नका लागि आफूहरू प्रतिबद्ध हुनपर्ने समय आएको भनेका छन् ।

यसैगरी नेता नेपालले आजभन्दा २८ बर्ष पहिले भएको दासढुंगा दुर्घटनामा मृत्यु भएका द्वय नेता मदन भण्डारी र जीवराज आश्रितको मृत्यूको यथार्थ पत्ता लगाउन सरकारसँग माग समेत गरेका छन् ।

 

 

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...