रहेनन् दमकका संस्थापक लिम्बुवान नेता नेम्बाङ्

 लिम्बुवान न्युज
                       

दमक। जातीय मुक्ति आन्दोलनका धरोहर दमकका सामाजिक व्यक्तित्व दमक ३ का लाखजित नेम्बाङकाे निधन भएको छ । आज विहान १० बजे आफ्नै निवासमा ६६ बर्षीय नेम्बाङकाे निधन भएको हो ।

विक्रम सम्वत् २०१२ साल भदौमा जन्मनु भएका नेम्बाङ् तत्कालीन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद दमक नगरका संस्थापक नगर अध्यक्ष हुन् । २०६२ साल देखि पहिचान सहितको लिम्बुवान प्राप्तिको हरेक आन्दोलन र मोर्चाहरुमा दमकको अग्रपंक्तिमा उभिएर लडेका नेम्बाङ् सामाजिक कार्यमा औधी रुचि राख्ने गर्दथे । रणध्वोज नेम्बाङ् स्मृति प्रतिष्ठानका अध्यक्ष, किरात याक्थुङ चुम्लुङका निवर्तमान नगर सदस्य लगायत दर्जनौं संस्थामा आवद्ध नेम्बाङ् एक भाषा, संस्कार संस्कृति र समाज प्रति निष्ठावान रहेका थिए ।

लिम्बुवान राजनीतिमा विभिन्न उदारचढाप आइ रहेतापनि निरन्तर संघीय मञ्चमा आस्था राख्ने हुने नेम्बाङ् बृहत लिम्बुवान एकतापश्चात निश्कृय जस्तै भएका थिए । हाल आएर मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालको प्रान्तीय सचिवालय सदस्यमा पदन्नोति हुनुभएका नेम्बाङ् लिम्बुवान भनेपछि मरिहत्ते गरेर लागि पर्ने र वहाँको रगतको कणकणमा पहिचान र लिम्बुवान सलबलाई रहने एक असल अभिभावक मञ्चले गुमाउन पुगेको मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले बताउनु भएको छ । मृतक नेम्बाङकाे नेतृत्वमा केयौं पल्ट दमकमा लिम्बुवान आन्दोलन उठेको स्मरण गर्दै अध्यक्ष लिङ्देनले वहाँको योगदानलाई लिम्बुवानले सुनौलो अक्षरले लिपिबद्ध गर्ने प्रतिबद्धता जनाएका छन् ।

आजै मृतक नेम्बाङकाे किरात धार्मिक परम्परा अनुसार हंसेदुम्से सामुदायिक बनको समाथिस्थलमा अन्तिम दाहसंस्कार गरिएको थियो । भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गर्दै उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दै लिम्बुवान मञ्चले पार्टीको झण्डा समाथिस्थलमा चढाएको छ ।

 

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;