महासंघ र आयोग बिच मानव अधिकारसम्बन्धी सहकार्य गर्ने समझदारी

 लिम्बुवान न्युज
                       

काठमाडौँ । नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोग बिच सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेल र आयोगका अध्यक्ष टोप बहादुर मगरबीच ‘संकटका बेला मानव अधिकार सम्बन्धी पत्रकारिता तालिम’ संचालन गर्ने विषयमा छलफल भएको हो ।

छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले सबै खाले मानव अधिकार हननका घटना हुन नदिन आयोग प्रतिवद्ध रहेको बताए । उनले मानव अधिकार हननका घटना सम्बन्धी समाचार सम्प्रेशण गर्न पत्रकारका लागि आवश्यक तालिम संचालनमा महासंघसंग सहकार्य गर्न आयोग तयार रहेको बताएका हुन् ।

यसरी नै नेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेलले संकटका समयमा मानव अधिकार हननका घटना बढि हुनसक्ने त्यस्ता घटनालाई बाहिर ल्याउन र तत्काल समाधान गर्न आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;